२० कार्तिक ,विराटनगर ।
इलामको रोङ गाउँपालिका वपडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत मंसिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिए ।
सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको र शनिबार लिन जाँदा जलाएको अवस्थामा भेटिएको उनले बताए । इलामबाट झापातर्फ आउँदै गरेको बी एए १६९२ को कार दुर्घटना हुँदा ५२ वर्षीय कारधनी पोखरेलसहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर–२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राईसहित ५ जना घाइते भएका थियो ।
प्रहरी चौकी हर्कटे इलामका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरी उपचारका लागि झापा स्थित वीएण्डसी अस्पताल पठाएको थियो ।उपचारपछि कारधनी पोखरेल घर फर्किएका थिए । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सहसचिवसमेत रहेका पोखरेलले कार जलाउनेलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन।