×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

२०२४ मा मोदी जितको ‘ह्याट्रिक ग्यारेन्टी’

१८ मंसिर २०८०

१८ मंसिर, एजेन्सी ।
भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमध्ये तीन वटामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी वर्ष हुने लोकसभाको चुनावबाट लगातार तेस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो सुखद् सङ्केत भएको समाचारमा उल्लेख गरिएको छ । चुनावको नतिजापछि नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले केही व्यक्तिले यो चुनावलाई लिएर भारतलाई विभिन्न जातिमा विभाजन गर्न खोजे पनि त्यो सफल नभएको टिप्पणी गरे ।

Advertisement

उनले आफ्ना लागि भारतमा नारी, युवा, किसान र गरीब परिवार गरी चार जाति रहेको र यी जातिलाई सशक्त बनाउन सकेमात्रै देश विकास हुने बताए । यस्तै, भारतको तेलङ्गना राज्यमा भने कंग्रेस विजयी भएको छ । भारत राष्ट्र समिति बीआरएसलाई पराजित गर्दै तेलङ्गनामा कंग्रेस विजयी भएको हो । मिजोरममा भने आज मतगणना हुँदैछ ।

यसैबीच, तेलङ्गनाका मुख्यमन्त्री के. चन्द्रशेखर रावले पदबाट राजीनामा दिएका छन् । विधानसभा चुनावमा आफ्नो पार्टी भारत राष्ट्र समिति बीआरएसले हार व्यहोरे पछि उनले राजीनामा दिएका हुन् । राजस्थानमा पनि भारतीय कांग्रेसका वर्तमान मुख्यमन्त्री अशोक गहलोतले हार स्वीकार गर्दै राज्यपाललाई राजीनामा बुझाएका छन् ।

राजस्थानमा भाजपाको चुनावी जितमा यसका दिग्गज नेताहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ । मध्यप्रदेशमा सरकार जोगाउँदै भाजपाले जित हासिल गरेको छ भने राजस्थान र छत्तिसगढमा कंग्रेसलाई विस्थापित गरेको हो । भारतमा करिब पाँच महिनापछि केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ ।

त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावको परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । सन् २०१४ यता विभिन्न तहका चुनाव भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीकै उपस्थिती र उनकै नामको बलमा जित्दै आएको छ ।

लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने सम्भावना देखिएको छ । आइतबार साँझ भाजपा मुख्यालय पुगेका प्रधानमन्त्री मोदीले अहिलेको परिणामले २०२४ को लोकसभा चुनावमा ‘ह्याट्रिक ग्यारेन्टी’ गरेको दाबी गरे ।

मोदीले चुनावी परिणामको सन्देश पूरै विश्वले थाहा पाएको हुन सक्ने भन्दै उनले उत्साह प्रकट गरेका छन् । भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेपछि मोदी लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री छन । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन ।

यता कंग्रेस नेता राहुल गान्धीले गतवर्ष गरेको ‘भारत जोडो यात्रा’ वा उनका अन्य विभिन्न प्रयासहरूको परिणाम हिन्दी भाषी प्रदेशमा देखिएन । चुनावी परिणामपछि कंग्रेस नेता गान्धीले जनादेशलाई विनम्रतापूर्वक स्वीकार गरेको र विधारधाराको लडाइँ जारी राख्ने बताएका छन ।

Advertisement

पछिल्लो चुनाव परिणामले भाजपा नेतृत्वको राज्य सरकारको संख्या १६ पुगेको छ । १२ राज्यमा भाजपा एक्लैले र चार राज्यमा गठबन्धनको बलमा सरकारमा हुनेछ । कंग्रेसको एकल सरकार रहेका राज्यको संख्या भने तीनमा खुम्चिएको छ । बिहार र झारखण्डमा कंग्रेस गठबन्धन सरकारमा छ । दिल्ली र पञ्जाबमा आम आदमी पार्टीको सरकार छ ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top