NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

२०२४ मा मोदी जितको ‘ह्याट्रिक ग्यारेन्टी’

सोमवार मंसिर १८ , २०८०
Reading Time: 1 min read
A A
२०२४ मा मोदी जितको ‘ह्याट्रिक ग्यारेन्टी’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ मंसिर, एजेन्सी ।
भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमध्ये तीन वटामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी वर्ष हुने लोकसभाको चुनावबाट लगातार तेस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो सुखद् सङ्केत भएको समाचारमा उल्लेख गरिएको छ । चुनावको नतिजापछि नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले केही व्यक्तिले यो चुनावलाई लिएर भारतलाई विभिन्न जातिमा विभाजन गर्न खोजे पनि त्यो सफल नभएको टिप्पणी गरे ।

उनले आफ्ना लागि भारतमा नारी, युवा, किसान र गरीब परिवार गरी चार जाति रहेको र यी जातिलाई सशक्त बनाउन सकेमात्रै देश विकास हुने बताए । यस्तै, भारतको तेलङ्गना राज्यमा भने कंग्रेस विजयी भएको छ । भारत राष्ट्र समिति बीआरएसलाई पराजित गर्दै तेलङ्गनामा कंग्रेस विजयी भएको हो । मिजोरममा भने आज मतगणना हुँदैछ ।

Advertisement

यसैबीच, तेलङ्गनाका मुख्यमन्त्री के. चन्द्रशेखर रावले पदबाट राजीनामा दिएका छन् । विधानसभा चुनावमा आफ्नो पार्टी भारत राष्ट्र समिति बीआरएसले हार व्यहोरे पछि उनले राजीनामा दिएका हुन् । राजस्थानमा पनि भारतीय कांग्रेसका वर्तमान मुख्यमन्त्री अशोक गहलोतले हार स्वीकार गर्दै राज्यपाललाई राजीनामा बुझाएका छन् ।

राजस्थानमा भाजपाको चुनावी जितमा यसका दिग्गज नेताहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ । मध्यप्रदेशमा सरकार जोगाउँदै भाजपाले जित हासिल गरेको छ भने राजस्थान र छत्तिसगढमा कंग्रेसलाई विस्थापित गरेको हो । भारतमा करिब पाँच महिनापछि केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ ।

त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावको परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । सन् २०१४ यता विभिन्न तहका चुनाव भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीकै उपस्थिती र उनकै नामको बलमा जित्दै आएको छ ।

लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने सम्भावना देखिएको छ । आइतबार साँझ भाजपा मुख्यालय पुगेका प्रधानमन्त्री मोदीले अहिलेको परिणामले २०२४ को लोकसभा चुनावमा ‘ह्याट्रिक ग्यारेन्टी’ गरेको दाबी गरे ।

मोदीले चुनावी परिणामको सन्देश पूरै विश्वले थाहा पाएको हुन सक्ने भन्दै उनले उत्साह प्रकट गरेका छन् । भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेपछि मोदी लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री छन । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन ।

यता कंग्रेस नेता राहुल गान्धीले गतवर्ष गरेको ‘भारत जोडो यात्रा’ वा उनका अन्य विभिन्न प्रयासहरूको परिणाम हिन्दी भाषी प्रदेशमा देखिएन । चुनावी परिणामपछि कंग्रेस नेता गान्धीले जनादेशलाई विनम्रतापूर्वक स्वीकार गरेको र विधारधाराको लडाइँ जारी राख्ने बताएका छन ।

पछिल्लो चुनाव परिणामले भाजपा नेतृत्वको राज्य सरकारको संख्या १६ पुगेको छ । १२ राज्यमा भाजपा एक्लैले र चार राज्यमा गठबन्धनको बलमा सरकारमा हुनेछ । कंग्रेसको एकल सरकार रहेका राज्यको संख्या भने तीनमा खुम्चिएको छ । बिहार र झारखण्डमा कंग्रेस गठबन्धन सरकारमा छ । दिल्ली र पञ्जाबमा आम आदमी पार्टीको सरकार छ ।

Tags: # भारतमा मोदीको बोलवाला#२०२४ मा मोदी जित

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.