NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Güvenilir ve VIP Bayanlar सोमवार पुस १४ , २०८२
Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
Next
Prev

समाचार

तीव्र आर्थिक वृद्धि गर्ने मुलुक बन्यो भारत,नेपालको कति ?

सोमवार मंसिर १८ , २०८०
Reading Time: 1 min read
A A
७.३ % ले खुम्चियो भारतीय अर्थतन्त्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ मंसिर, एजेन्सी।
नेपालको अर्थतन्त्र धरमरमा रहेको बेला नजिकको छिमेकी भारतको भने ऐतिहासिक बढोत्तरीसहित अगाडि बढेको छ । विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अवस्थामा पुगेको भारत फेरि एकपटक तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुक बनेको छ । भारतमा सन् २०२३ को दोस्रो त्रैमासिकमा ७.६ प्रतिशतको आर्थिक वृद्धि भएको छ ।

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले दोस्रो त्रैमासिकको लागि जीडीपी ६.५ प्रतिशत हुने अनुमान गरेको थियो तर, वास्तविक तथ्याङ्कले अनुमानभन्दा बढी वृद्धि भएको देखाएको बीबीसी हिन्दीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अप्रिलदेखि जुनसम्मको कुल गार्हस्थ्य उत्पादन ६.१ प्रतिशत रहेको थियो ।

कोरोना महामारीपछि चीनको अर्थतन्त्र सुस्त हुँदा भारतमा भने आर्थिक वृद्धि उच्च देखिएको छ । जुलाई–सेप्टेम्बरमा भारतको जीडीपी दरले चीनको ४.९ प्रतिशत जीडीपी दरलाई पनि उछिनेको छ । तथ्याङ्क सार्वजनिक भएपछि अर्थ मन्त्रालयले एक्स(ट्वीटर)मा लेखेको छ– ’आर्थिक वर्ष २०२३ को दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ७.६ प्रतिशत थियो ।

LS Auto

जुन विज्ञहरूको औसत अनुमान ६.८ प्रतिशतभन्दा बढी मात्र होइन, विज्ञहरूले गरेको अधिकतम ७.४ प्रतिशत अनुमानभन्दा पनि बढी हो । प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान आर्थिक वृद्धिले भारतको अर्थतन्त्रको बल देखाएको बताएका छन् । गत त्रैमासमा सरकारी खर्च १२.४ प्रतिशतले बढेको छ । जुन गत वर्षको तुलनामा ०.७ प्रतिशतले कम हो ।

नेपालको अर्थतन्त्र समस्याग्रस्त भइरहेकै बेला भारतको अर्थतन्त्रमा सुधार भएको र ऐतिहासिक उचाईतर्फ अगाडि बढेको छ । समाचारअनुसार पहिलोपटक भारतीय अर्थतन्त्रले ४ ट्रिलियन डलरको उचाई पार गरेको छ । योसँगै विश्वकै सबैभन्दा चौथो ठूलो अर्थतन्त्र बन्ने दिशातर्फ भारत निकै नजिक रहेको समेत समाचारमा दाबी गरिएको छ ।

विश्वभरका विभिन्न अर्थतन्त्रहरुको जीडीपी लाइभलाई हेर्दा भारतले १८ नोभेम्बरमै ४ ट्रिलियन डलर उचाई पार गरिसकेको थियो । हाल चौथो ठूलो अर्थतन्त्रको रुपमा जर्मनी रहेको छ । उसको जीडीपीको साइज ४.२६० ट्रिलियन डलर रहेको छ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक वर्ष ०७८÷७९ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहेको थियो । आगामी आव ०८०÷८१ (सन् ०२३÷२४) मा नेपालको आर्थिक वृद्धिदर थप खुम्चिएर ४.९ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।

विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । रुस–युक्रेन युद्धबाट दक्षिण एसियाली अर्थतन्त्र प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा पनि असर परेको विश्व बैंकको भनाइ छ । चालू आवमा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा यो क्षेत्रको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो । यसैगरी, आगामी आव ०२३÷२४ मा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

Tags: #भारतको आर्थिक वृद्धि#तीव्र आर्थिक वृद्धि

लोकप्रीय

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२

विचार

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२

थप समाचार

Esenyurt Escort

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२
Ümraniye Escort

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी
समाचार

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश
समाचार

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Güvenilir ve VIP Bayanlar

सोमवार पुस १४ , २०८२

Ümraniye Escort, Ümraniye Escort Bayan, Anadolu Yakası Escort, İstanbul escort

सोमवार पुस १४ , २०८२
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.