×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

भ्याटको विरोधमा आलु र प्याजको व्यापारमा हड्ताल

२० मंसिर २०८०

२० मंसिर, विराटनगर । आलु प्याज व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् ।

सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका हुन् । व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ ।

बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीहरुको आरोप छ ।

भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।

भ्याटमा नगएको भन्दै व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने जस्ता कार्य आन्तरिक राजस्व कार्यालयबाट भएको उनको आरोप छ ।

‘आन्तरिक उत्पादनमै जोडेर भ्याटको कारोबार हेर्न थालेपछि हामी कारोबार नगर्ने अवस्थामा पुगेका हौं,’ गजुरेलले भने, ‘हामीले कारोबार रोकेको नभई व्यापार नगर्ने भनेर आ–आफ्नो कारोबार बन्द गरेका हौं ।’

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन ।

देशैभरका व्यापारीहरुले आलु र प्याजको कारोबार झण्डै तीन दिनदेखि रोकेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।

बजारमा आलु प्याज आयात नभएको र आलु तथा प्याजको स्टलहरु खाली भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

बजारमा आलु र प्याज नभएपछि बजार मूल्य पनि नतोकिएको बजार विकास समितिले जनाएको छ । कालीमाटी बजारमा मात्रै आलु र प्याजको कारोबारमा संलग्न करिब २०० थोक विक्रेताहरु छन् ।

व्यवसायीको हड्तालका कारण बजारमा आलु र प्याजको मूल्यमा मनपरी भएको छ । अभावको कारण देखाउँदै व्यवसायीहरुले मूल्य मनपरी तोकेका छन् ।

बजारमा आलु र प्याजको बिक्री रोकिएकोबारे थाहा नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

व्यवसायीहरु भ्याटको समस्यामा परेको बारेमा कालीमाटी बजारका किसान समितिबाट सहजीकरण गरिदिन एक पत्र भने मंगलबार प्राप्त भएको मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सबनम सिवाकोटीले जानकारी दिइन् ।

‘चालु आवको बजेटमा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि आन्तरिक उत्पादनको कारोबारमा पनि भ्याट लाग्ने व्यवस्थाबारे सहजीकरण गरिदिन भन्ने पत्रमा उल्लेख छ,’ प्रवक्ता सिवाकोटीले भनिन्, ‘यसबारे हामीले बजार विकास समितिलाई सहजीकरण गरिदिन भनिसकेका छौं र उहाँहरुले आन्तरिक राजश्व कार्यालयसँग समन्वय थालेको बताउनुभएको छ ।’ बजारमा कारोबार नै रोकेको बारेमा भने मन्त्रालयमा कुनै जानकारी नभएको प्रवक्ता सिवाकोटीले बताइन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top