×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

बौद्ध धर्मका हजारौँ कलाकृति पाकिस्तान कसरी पुगे ?

२३ मंसिर २०८०

२३ मंसिर, एजेन्सी ।
पाकिस्तानमा बौद्धधर्मसंग सम्बन्धित प्राचिन कलाकृतिहरु भेटिएका छन् । उत्तरी पाकिस्तानमा ढुंगामा कुँदिएका र कोरिएका बौद्ध धर्मसँग सम्बन्धित हजारौँ प्राचीन कलाकृति भेटिएपछि त्यसको संरक्षण प्रयास थालिएको छ । उक्त क्षेत्र कुनै बेलाको सिन्धु घाँटी सभ्यताको उपल्लो भागमा पर्छ ।

Advertisement
Advertisement

त्यहाँ खरोष्ठी, ब्राह्मी, सूत्र र चिनियाँलगायतका लिपिमा प्राचीन शिलालेखसमेत पाइएका छन् । यहाँ प्राप्त पुरातात्त्विक महत्त्वका सम्पदामा चिनियाँ सम्बन्धसमेत भेटिएपछि चीनका प्राज्ञ तथा पुरातत्वविद्ले यसको संरक्षणका लागि मानवजातिकै जिम्मेवारी रहेको बताउँदै पाकिस्तानसँग सहकार्य गरेका छन् ।

चिनियाँ र पाकिस्तानी विश्वविद्यालय र पुरातत्व निकायले त्यसको संरक्षणका लागि तीन वर्ष स्थानीय तहमा काम गर्ने योजना बनाएका छन् । सय किलोमिटर लामो उक्त प्राचीन मार्गमा ५० हजारभन्दा धेरै कलाकृति एवं पाँच हजारभन्दा धेरै शिलालेख भेटिएका छन् ।

ती कलाकृति उक्त प्राचीन मार्गमा यात्री, व्यापारी, तीर्थयात्री र तथा स्थानीय बासिन्दाले ईशापूर्व ५००० देखि सन् १००० बीचमा बनाएको ठानिन्छ । तिनले त्यसबेलाका जीवन र विश्वासबारे धेरै कुराहरू बताउने विज्ञहरूले बताएका छन् ।उक्त मार्ग प्राचीन रेशम मार्गमा समेत पर्ने भएकाले त्यससँग व्यापक मानव सभ्यताको सम्बन्ध खोज्न सकिने विज्ञहरूको विश्वास छ ।

ती कतै खुला जमिनमै वा उत्खननका क्रममा भेटिएका छन् । सन् १९८० को दशकदेखि नै विभिन्न देशका विज्ञहरूले त्यस क्षेत्रमा प्राचीन महत्त्वका त्यस्ता कलाकृति रहेको कुरा सङ्केत गर्दै आएका थिए । तर पछिल्लो समय त्यस क्षेत्रमा ठूला पूर्वाधार परियोजना बन्न थालेपछि व्यापक मात्रामा देखिन थालेका हुन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top