NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

दाङका प्रतिक पुन पनि युक्रेनी सेनाको नियन्त्रणमा

सोमवार मंसिर २५ , २०८०
Reading Time: 1 min read
A A
दाङका प्रतिक पुन पनि युक्रेनी सेनाको नियन्त्रणमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ मंसिर,एजेन्सी।

रुस–युक्रेनयुद्ध जारी रहँदा दुवैतर्फ गरि सयौंको संख्यामा नेपालीहरु सेनामा भर्ती भएको खुलेको छ । स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी गराएका हुन् । उनले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताएका छन् ।

आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताएका छन् ।

LS Auto

रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनामा पनि रहेको जानकारी आएको प्रचण्डले बताएका छन् । यस्तै उनले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गरे ।

उनले भने, ‘चाहे रुस युक्रेनको युद्ध होस् हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ । विगतमा यस्तो देख्न व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढिरहेका छौँ ।’

यसैबीच रुसी सेनामा गएका थप एक नेपाली युक्रेनी सेनाको कब्जामा परेका छन् । दाङ बिजौरीका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा परेका हुन् । कब्जापछि युक्रेनी सेनाले पुनको भिडियो सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भएपछि युद्ध गर्न गएर समातिएका पुन तेस्रा नेपाली हुन् ।

यसअघि रुसी सेनामा गएका काभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्रीलाई रुस–युक्रेन युद्धस्थलबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो । पुनले आफू रुसमा पढ्न आएको र त्यसको केही समयपछि त्यहाँका एजेन्ट ’दाई’हरूको सल्लाहमा रुसी सेनामा भर्ती भएको उल्लेख गरेका छन् ।

‘म यहाँ विद्यार्थी भिसामा आएको हुँ । म मस्कोमा दुई÷तीन महिना बसें । त्यसपछि एजेन्ट दाईहरूले आर्मीमा लगाउनु भयो । हामीलाई सम्झौता (कन्ट्याक्ट) पेपरको बारेमा थाहा थिएन,’ पुनले भिडियोमा भनेका छन्, ‘हामीलाई युद्धमा के भइरहेको छ, थाहा थिएन । मैले ती दाईकै कुरा सुनेर आर्मीमा भर्ना भएँ ।’

पुनले केही महिनाको प्रशिक्षणपछि फिल्डमा पठाएको र अहिले आफू युक्रेनमा रहेको प्रष्ट्याएका छन् । ‘म सबै नेपाली जनतालाई रुसमा नआउनको लागि अनुरोध गर्दछु । यो युद्धमा संलग्न हुनको लागि नआउनुहोस् । तपाईं पैसाको लागि आउन सक्नुहुन्छ । तर त्यो नै सबैथोक होइन,’ उनले भनेका छन्, ‘तपाईं नेपालमा बस्नु भयो भने राम्रो हुन्छ ।

एजेन्टले नेपाली जनतालाई युद्ध केही समयमा रोकिन्छ र पैसा लिएर फर्किन पाइन्छ भन्छन् । तर त्यो होइन, तर युद्ध सकिएको छैन, यहाँ एकदम गाह्रो छ ।’ यता परराष्ट्र मन्त्रालयले युक्रेनको कब्जामा रहेकाहरुको रिहाइको लागि युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासलाई पत्र पठाइसकेको जनाएको छ । तर त्यसको जवाफ नेपाल सरकारले युक्रेनबाट प्राप्त नगरेको परराष्ट्रका अधिकारीहरु बताउँछन् ।

Tags: #युक्रेनी सेनाको नियन्त्रणमा#रुस–युक्रेनयुद्ध#रुसी सेनामा २०० नेपाली

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.