×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

प्रधानमन्त्रीलाई जन्मदर्ता नभएकी किशोरीको भावुक पत्र

२ पुष २०८०

२ पुस,काठमाण्डौ ।
केही समयअघि एक ९ वर्षे बालकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको एक चिठीले सामाजिक संजालमा निकै चर्चा बटुल्यो । सो चिठीमा ति बालकले ‘म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु’ लेखेका थिए । यद्यपी सो चिठिमा लेखिएको अक्षर नै ति बालकको नभएको भन्दै विभिन्न खाले टिकाटिप्पणी भएको थियो।

अहिले फेरि एक यस्तै चिठी वा खुलापत्र चर्चामा छ । सो पत्र भने काठमाडौंको एक सामुदायिक विद्यालयकी एक किशोरीले प्रधानमन्त्रीलाई लेखेकी हुन् । आफ्नो जन्मदर्ता नहुँदा भविष्य नै अंधकार बन्न लागेको भन्दै किशोरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भावुक पत्र लेखेकी छिन् ।

खासमा उनी अहिले एसईईको परीक्षाको तयारीमा छिन् । तर जन्मदर्ता नभएकै कारण उनी एसईईबाट बञ्चित हुने भएकी छन् । यसै सन्दर्भमा उनले एसईईको फारम भर्नका लागि जन्मदर्तासमेत नभएको हुँदा त्यसबाट बञ्चित हुने स्थितिमा पुगेपछि प्रधानमन्त्रीलाई पत्र लेखेर समस्या समाधानको पहल गर्न अनुरोध गरेकी हुन् ।

पत्रमा उनले भनेकी छन्, “मेरो जन्मदर्ता प्रमाणपत्र बनेको छैन । जन्मदर्ता गराउन मेरा बाबा आमाले धेरै प्रयास गर्नुभयो तर हुन सकेको छैन । विद्यालयले एसईईको फारम भर्न जन्मदर्ता प्रमाणपत्र चाहिन्छ भनेको छ ।” उनले आफ्नो जन्म प्रमाणपत्र किन नबनेको भनेर पनि स्पष्ट पारेकी छन् ।

उनले लेखेको पत्रमा उल्लेख छ, “मेरा बा मेरी आमाका दोस्रा श्रीमान् हुनुहुन्छ । मेरी आमाका पहिला श्रीमान्को निधन भएपछि दोस्रा श्रीमान् (मेरा बा) बाट मलाई जन्माउनुभएको हो । मलाई जन्म दिने बा को पहिली श्रीमती पनि हुनुहुन्छ । मेरी आमाको नागरिकता प्रमाणपत्रमा उहाँका दिवंगत श्रीमान्को नाम छ । वडा कार्यालयमा मेरा बा आमाको नागरिकता प्रमाणपत्र देखाउँदा बुबाको नाम मिलेन भनियो । मेरा बुबा आमाको बिहे दर्ता भएको छैन । बिहे दर्ता गराउन बुबाकी पहिली श्रीमतीको स्वीकृति खोजियो । बुबाले त्यस्तो स्वीकृति पाउन सक्नु भएन । बाबुआमाको बिहे दर्ता भएन । आमाको नागरिकतामा उहाँका दिवंगत पतिको नाम छ ।”

उनले यही कारण देखाएर वडा कार्यालयले जन्म दर्ता नगराइदिएको र आफ्ना तीन जना भाइ बहिनीको अवस्था पनि त्यस्तै रहेको उल्लेख गरेकी छन् । उनले प्रधानमन्त्रीसँग केही प्रश्न पनि अघि सारेकी छन् । “म र मेरा भाइ बहिनी जन्मनु हाम्रो दोष हो ?,” उनको प्रश्न छ, “हाम्रा बुबा आमाको दोष हो भने त्यसको सजाय हामीलाई किन ?

हामी यो देशको नागरिक बन्नबाट बञ्चित हुनुपर्ने हो ? मैले एसईई दिन नपाउने हो ? हामीलाई जन्म दिने हाम्री आमा झुठ हुन् ?” उनले जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया हो भन्नेमा प्रधानमन्त्री सहमत हुनेमा विश्वास राख्दै प्रश्न गरेकी छन्, “जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया हो भन्नेमा सम्माननीय प्रधानमन्त्री सहमत हुनुहुन्छ भन्ने मेरो विश्वास छ ।

मेरो विश्वास सही हो भने प्रकृतिको नियमअनुसार राज्य चल्ने हो कि राज्यले बनाएको नियमअनुसार प्रकृति चल्नुपर्ने हो ? आमाको नामबाट नागरिकता प्रमाणपत्र बन्छ भने जन्म दर्ता किन बन्दैन ?”

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top