×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

बाधा अड्काउ फुकाउन प्रदेश नम्बर १ मा ऐन निर्माण

२५ भाद्र २०७५

विराटनगर २५ भदौ ।
प्रदेश नं १ को सोमवार बसेको प्रदेशसभा बैठकले एकै दिन दुई वटा विधेयक पारित गरेको छ । प्रदेश सामाजिक बिकास संस्थाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक २०७५ र प्रशासकीय कार्यविधि नियमिति गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ सर्वसम्वतले पारित गरेको हो ।

सामाजिक विकास मन्त्रालयले निर्माण गरेको सामाजिक बिकास संस्थाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा बैठकबाट पारित भएको यो पहिलो विधेयक समेत हो । विधेयकमा ३८ दफा रहेको छन । सामाजिक बिकास मन्त्री जीवन घिमिरेले प्रदेशसभा बैठकमा पेश गरेको विधेयक संसोधनका लागि विषेश समितिमा दफावार छलफलका लागि पठाइएको थियो ।

Advertisement
Advertisement

त्यसैगरी आन्तरिक मार्मिला तथा कानु्न मन्त्री हिक्मत कार्कीले प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ३ वैशाखमा सदनमा पेश भएको थियो । प्रदेश सभाको बैठकबाट प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पहिलो विषेश समितिमा पठाइएको थियो ।

Advertisement
Advertisement

समितिबाट प्रतिवेदन सहित प्रदेश सभा बैठकमा पेश भएको उक्त विधेयक प्रदेश सभाको ४० औ बैठकले सर्वसम्वत परित गरेको हो । प्रदेश सरकारले संघले कानुन निर्माण गरिनसकेको अबस्थामा भैपरी आउने प्राकृतिक विपत्तिको समयमा वाधा अड्काउ फुकाउन यो ऐन निर्माण गरेको हो । कानुन निर्माणको प्रकृयामा रहेको प्रदेशसभाले ४० औ बैठक सम्पन्न हुदासम्म १९ बटा विधेयक पारित गरी सकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top