आज एकैदिन प्रतितोला १३ सयले सस्तियो सुन

१८ पुस ८०, बिहीबार

१९ पुष, काठमाडौं ।

Advertisement

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top