×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

प्रधानमन्त्रीले नपत्याएका हर्कलाई बालेनको साथ

२० पुष २०८०

२० पुष,काठमाण्डौ ।
सुनसरीको धरान उपमहानगरमा शुक्रबारदेखि सुरू भएको ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अतिथिका रुपमा पुगेका छन्। मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘धरान डे’ अतिथिका रुपमा निम्ता दिएका थिए।

सुरुदेखि नै सहयोग आदानप्रदान गर्दै आएका धरान र काठमाडौंका मेयर शुक्रबार एकै मञ्चमा देखिएका हुन्। धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ। यसअघि यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए।

तर प्रचण्डको सचिवालयले व्यस्तताका कारण धराउन आउन नसक्ने जवाफ दिएपछि मेयर साम्पाङ आक्रोशित भएका थिए। धरान उत्सवको प्रमुख अतिथिका रुपमा आफू र उपमेयर आइन्द्रविक्रम बेघाले दिएको निम्तो अस्वीकार गरेर प्रधानमन्त्री दाहालले धरानलाई हेपेपछि कार्यकक्षबाट तस्बिर हटाइदिएको उनले बताएका थिए।

साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको राखेका छन्। मेयर राईले पुस १२ गते आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको राखेपछि दलहरू असन्तुष्ट छन्।

यस्तोमा गत मंगलबार दलका कार्यकर्ताहरू मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर फेरि राख्न उपमहानगरपालिकाको कार्यालय पुगेका थिए। ‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र? कदापि गर्दिनँ!’, उनले भनेका थिए, ‘दलविहीन भए पनि म जनताले जिताएको मान्छे हो। मैले प्रधानमन्त्रीलाई गएर निम्तो दिएँ तर म स्वतन्त्र भएकाले उहाँ यहाँ आउन मान्नु भएन।’

उनले प्रधानमन्त्री धरान उत्सवमा आउने भए तस्वीरआफूले कार्यालयमा राख्ने बताएका थिए । प्रधानमन्त्री आउन नमानेपछि मेयर साम्पाङले काठमाडौंका मेयरलाई धरान बोलाएका हुन्। काठमाडौं र धरानका मेयर दुवैजना स्वतन्त्र निर्वाचित हुन्।

सुरुवातमा एक अर्काविरुद्ध खनिएका दुवै मेयरको सामिप्यता बढ्दो छ । हर्कले काठमाडौं पुगेर बालेनलाई दुई पटक भेटेपनि बालेन पहिलो पटक धरान आएका हुन् । हर्कले बालेनसँगको भेटपछि नयाँ शक्ति स्थापनाको संभावना रहेको समेत बताउँदै आएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top