सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा !

Share this
782shares

शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

Advertisement

शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो ।

पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement

दुई जनाले पाँच/पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई गोरखा प्रहरीले सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

‘उनीहरु दुवैले सुन चिनियाँ नागरिकको हो भनेका छन्’, एसपी बस्नेतले भन्नुभयो– ‘उनीहरुले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताएका छन् ।’ केही दिनअघि खाद्यान्न लिन जाँदा चिनियाँ नागरिकसँग भेटघाट गरी उनीहरुले १० किलो सुन काठमाडौँ पु¥याउने जिम्माका साथ बोकेर काठमाडौँ हिँडेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top