×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

विपक्षीलाई थुनेर शेख हसिना फेरि विजयी

२३ पुष २०८०

२३ पुष,एजेन्सी ।

विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने भएकी छन् । आइतबार भएको विवादास्पद चुनावमा विजयी हुँदै उनी लगातार चौंथो कार्यकाल प्रधानमन्त्री बन्न लागेकी हुन् । उनको पार्टी अवामी लिग र साझेदार दलहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितिसकेका छन् ।

Advertisement

३ सय सिट भए पनि एक जना उम्मेदवारको मृत्यु भएपछि त्यहाँको निर्वाचन स्थगित गरिएको थियो । बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीलगायत केही प्रभावशाली दलले यो चुनाव बहिष्कार गरेका थिए । यस कारण हसिनाको पार्टी र सहयोगी दलका उम्मेदवारहरूले नै बाँकी सिटहरू पनि जित्ने अनुमान गरिएको छ ।

निर्वाचनको नतिजा औपचारिक रूपमा आज बेलुकासम्म घोषणा हुने बताइएको छ । विपक्षीको बहिष्कारकाबीच करिब ४० प्रतिशत मतदान भएको सरकारी तथ्यांकले देखाएका छन् । यो तथ्यांकमा बढाइचढाइ गरिएको विपक्षीहरूको भनाइ छ । आइतबार मतदानपछि हसिनाले आफूले देशमा प्रजातन्त्र कायम होस् भन्ने सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेको बताएकी थिइन् ।

चुनाव विथोल्न विपक्षीहरूले दुई दिने आमहडताल घोषणा गरेका थिए । सेनाको प्रत्यक्ष उपस्थितीमा कडा सुरक्षाका बीच पनि भएका प्रदर्शन, झडपलगायत हिंसात्मक गतिविधिका कारण केही मानिसको मृत्यु भएको थियो । प्रहरीले विपक्षी दलका हजारौँ कार्यकर्तालाई पक्राउ गरेको प्राप्त समाचारहरूमा जनाइएको छ ।

लामो समयदेखि हसिनाकी मुख्य प्रतिस्पर्धी खालिदा जिया घरमै नजरबन्दमा छिन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिनाको यो लगातार चौथो जित र समग्रमा पाँचौँ कार्यकाल हो । हसिना नेतृत्वको बंगलादेशको तस्बिर अन्तरविरोधयुक्त देखिन्छ ।

मुस्लिमबहुल बंगलादेश कुनै समय विश्वकै गरिबमध्येमा पथ्र्यो । २००९ यता हसिनाको नेतृत्वमा यो मुलुकले ठूलो आर्थिक सफलता प्राप्त गरेको छ । अहिले बंगलादेश यो क्षेत्रकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको मुलुक हो । यो मुलुकको प्रतिव्यक्ति आय गएको एक दशकमा तेब्बर भएको छ । र, विश्व बैंकको आंकलनमा अढाई करोडभन्दा ज्यादा मानिस गएको २० वर्षमा गरिबीबाट मुक्त भएका छन् ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top