×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

युक्रेनलाई ‘सहयोग कार्यक्रम’ तयार गर्न ऋषि किभमा

२७ पुष २०८०

२७ पुष, एजेन्सी ।

पश्चिमा राष्ट्रहरुको आड भरोसामा रुससँग लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम गर्न अस्वीकार गरेका छन् । उनले युद्धविराम गरे पनि रुस माथि हुने र आफूहरूलाई कुल्चिन सक्ने बताएका छन् ।

‘युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन’, इस्टोनिया भ्रमणका क्रममा उनले भने, ‘युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चिन सक्नेछ ।’ सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि पटक पटक सीमित युद्धविरामको प्रस्ताव गरिएको थियो तर लागु गरिएको छैन ।

२२ महिनाको युद्धपछि र लामो संघर्षको सम्भावनाका साथ दुवै पक्षले आफ्ना हतियार पुनः बढाउन प्रयास गरिरहेका छन् । जेलेन्स्कीले युक्रेनलाई रुसी आक्रमणबाट बचाउन हवाइ रक्षा प्रणाली आवश्यकता रहेको बताएका छन् ।

उनका अनुसार रुसले बारम्बार युक्रेनी क्षेत्रमा नागरिकहरूमाथि हवाइ आक्रण गरिरहेको छ, तर मस्कोका अधिकारीहरूले उनीहरूको लक्ष्य केवल सैन्य लक्ष्यलाई निशाना बनाउनु रहेको बताएका छन् । किभमा अधिकारीहरूका अनुसार हालै ठूलो स्तरमा रुसी ब्यारेजबाट डिसेम्बर २९ र जनवरी २ का बिचमा ५०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिएको थियो ।

युक्रेनको हवाइरक्षा स्रोतको प्रयोग भइरहेको भन्दै अधिकारीहरूले भविष्यमा हतियार आपूर्ति सुरक्षित नगरेसम्म मुलुक असुरक्षित बन्ने बताएका छन् । यसैबीच बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनका लागि ‘सहयोगको एउटा ठूलो नयाँ प्याकेज’ को शुभारम्भ गर्न र यस आर्थिक वर्षका लागि सैन्य सहयोग २.५ अर्ब पाउन्ड (३.२ अर्ब डलर) पुर्याउन आज किभको भ्रमणमा गएको उनको कार्यालयले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ‘ऐतिहासिक’ सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यो सङ्ख्या विगत दुई वर्षमा २० करोड पाउन्डको वृद्धि हो र यसले ‘ड्रोनको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता’ सुनिश्चित गर्नेछ ।

सुनकको डाउनिङ स्ट्रिट कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’यो ‘टोटेमिक एग्रिमेन्ट’ दुई देशबीचको ‘अविचलित सय वर्षे साझेदारी’ को दिशामा पहिलो कदम हुनुपर्छ ।’ यो अतिरिक्त रकम लामो दूरीका क्षेप्यास्त्र, हवाई प्रतिरक्षा, तोपखाना गोलाबारुद र सामुद्रिक सुरक्षालगायत क्षेत्रमा लक्षित हुनेछ ।

यसमध्ये कम्तीमा २० करोड पाउन्ड ‘युक्रेनका लागि निगरानी, लामो दूरीको आक्रमण र समुद्री ड्रोनसहित हजारौं सैन्य ड्रोनहरू द्रुत रूपमा खरिद र उत्पादन गर्न’ खर्च गरिनेछ । सुनकले रूसी हवाई आक्रमणपछि प्रतिक्रिया दिइरहेका आपतकालीन कर्मचारीलाई पनि भेट्ने कार्यक्रम छ ।

’दुई वर्षदेखि युक्रेनले क्रूर रुसी आक्रमणलाई प्रतिकार गर्न ठूलो साहसका साथ लडेको छ,’ सुनकले भने । ’उनीहरू अझै पनि लडिरहेका छन्, आफ्नो देशको रक्षा गर्ने र स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गर्ने आफ्नो अठोटमा अडिग छन् ।’ ’म आज यहाँ एउटा सन्देश लिएर आएको छु ः बेलायत पनि डगमगाउने छैन । हामी युक्रेनको सबैभन्दा अँध्यारो समयमा र आगामी अझ राम्रो समयमा पनि युक्रेनको साथमा उभिनेछौं ।’

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top