×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

पिकनिक हिडेका विद्यार्थी र शिक्षक हेर्दाहेर्दै डुबे,१६ जनाको मृत्यु

५ माघ, एजेन्सी ।
भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिकनिकमा गएका थिए ।

उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ । अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । गुजरात सरकारले घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिले १० दिनभित्र रिपोर्ट पेस गर्नुपर्ने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले दिने घोषणा गरेका छन् ।

Advertisement
Advertisement

घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा छ । मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा आफ्नो समवेदना रहेको उल्लेख गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन्।

स्थानीय रिपोर्टका अनुसार डुङ्गा खचाखच भरिएको थियो। ती बालबालिका आफ्ना शिक्षकसँग हरनी ताल पुगेका थिए । रिपोर्टका अनुसार बोटिङ गर्दा बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट गरिएको थिएन। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार वाघोडियास्थित न्यू सनराइज स्कूलका ८० विद्यार्थी आफ्ना शिक्षकहरूसँग पिकनिकमा गएका थिए।

Advertisement

विद्यार्थी डुङ्गामा २७ जना सवार थिए । बाँकी बालबालिका अन्य मनोरञ्जनात्मक क्रियाकलापमा व्यस्त थिए । बालबालिकालाई वाटरपार्कमा लैजान्छु भनी अभिभावकलाई विद्यालय प्रशासनले पिकनिकका लागि रु ७५० असुलेको तर त्यसको सट्टा तालमा लगिएको अभिभावहरुले बताएका छन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top