×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

प्रविधिमा अर्काे चमत्कार ! अब भिडियो पनि एआईले बनाइदिने

१४ माघ २०८०

१४ माघ, एजेन्सी ।

प्रविधिको पछिल्लो उपहार आर्टिफिसियल इन्टलिजेन्स्ले विश्वमै ब्यापकता पाइरहेको समयमा प्रविधि कम्पनी गुगलले लेखेर निर्देशन दिएरै भिडियो (टेक्स्ट टु भिडियो) बनाउन सक्ने एआई सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पछिल्लो एआई मल्टीमोडेल ल्युमियर सार्वजनिक गर्दै यसबाट प्रयोगकर्ताले अक्षरदेखि भिडियो र तस्बिरबाट भिडियो बनाउन सक्ने जानकारी दिएको हो ।

कम्पनीकाअनुसार यो एआईले वास्तविक जस्तै विभिन्न किसिमका मोसनहरु सिर्जना गरेर भिडियो बनाउन सक्छ । गुगलकाअनुसार ल्युमियरमा प्रयोगकर्ताले कि लेखेर निर्देशन दिनुपर्ने हुन्छ वा कुनै तस्बिर दिएर निर्देशन दिनुपर्ने हुन्छ । त्यसपश्चात भने एआईको न्यूरल नेटवर्कले निर्देशन वा तस्बिरमा आधारित रहेर भिडियो सिर्जना गरेर दिनेछ ।

ल्युमियर एआई परम्परागत भिडियो मोडलको विपरित स्पेस टाइम यू नेट आर्किटेक्चर मोडलमा आधारित भएर निर्माण गरिएको कम्पनीले जनाएको छ । उक्त मोडलमा एआईले कुनै एउटा फ्रेमकै आधारमा पुरै भिडियो निर्माण गर्न सक्छ । हाल भइरहेका भिडियो निर्माण गर्ने एआईले भने एक समयमा विभिन्न फ्रेमहरुलाई संश्लेषित गर्ने र भिडियो निर्माण गर्ने गर्छन ।

यता एप्पलले छिट्टै नै आफ्नो मोबाईल फोन आईफोनमा थर्ड पार्टी स्टोर (तेस्रो पक्षका स्टोर)हरुबाट पनि एप राख्न सकिने व्यवस्था गर्ने भएको छ । कम्पनीले मार्चमा सार्वजनिक हुने आईओएस १७.४ अपडेटसँगै यो सुविधा आईफोनमा दिने जानकारी दिएको हो । योसँगै आईफोनहरुमा एप्पल स्टोरबाट मात्रै नभएर अन्य एप स्टोरहरुबाट पनि एप इन्स्टल गर्न सकिनेछ ।

एप्पलकाअनुसार सुरुवातमा यो सुविधा युरोपेली संघसँग आवद्ध रहेका २७ देशहरुलाई प्राप्त हुनेछन् । त्यसबाहेकका देशहरुमा भने एप्पल स्टोरबाट नै एप इन्स्टल गर्नुपर्ने हुने कम्पनीले जनाएको छ । एप्पललाई युरोपको डिजिटल मार्केट एक्टका कारण यस्तो सुविधा ल्याउनुपर्ने बाध्यता आएको हो । जसअनुसार कम्पनीले युरोपमा आइफोन प्रयोगकर्ताका लागि धेरै विकल्पहरु दिनुपर्ने व्यवस्था गरेको छ ।

तर, यसले सम्भावित जोखिम भने पैदा गर्ने गर्छ । कुनै पनि फोनमा एप इन्स्टल गर्नका लागि रहेको आधिकारिक एप स्टोरबाहेकबाट एप डाउनलोड तथा इन्स्टल गर्दा त्यसले डेटा सुरक्षादेखि फोनमा अरुको अनाधिकृत प्रवेश हुने जोखिमहरु पैदा गर्न सक्छ ।

आइफोनमा एप्पल स्टोर र इन्स्ड्रोइडमा गुगल प्ले स्टोर हालसम्म आधिकारिक एप स्टोर रहेका छन् । हाल एपल स्टोरबाट मात्रै एप इन्स्टल गर्ने अनुमति रहेको आइफोनमा थर्ड पार्टी स्टोरबाट पनि एप राख्न मिल्ने सुविधा दिँदा उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरुसँग जुँध्नका लागि कम्पनीले काम गरिरहेको बताएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top