×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

साम्बाले फ्रान्सको माथिल्लो डिभिजनबाट खेल्ने

१९ माघ २०८०

१९ माघ, काठमाण्डौ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सर्वाधिक चर्चित फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फुटबलको उर्भरभूमि युरोपमा आफ्नो जादु देखाउने भएकी छन् । साम्बाले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन् । उनले फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट खेल्ने निश्चित भएको छ ।

सावित्राले बिहीबार क्लबसँग औपचारिक रूपमा अनुबन्ध गरेकी हुन् । साम्बाले क्लबसँग डेढ वर्षको सम्झौता गरेकी छन् । साम्बा २८ नम्बरको जर्सी लगाएर खेलमा सहभागी हुनेछिन् । यसअघि उनले इजरायलको हापोएल रानानाबाट खेलेकी थिइन् । फ्रान्सेली क्लबसँग खेल्ने यसै साताको सुरुमा उनी फ्रान्सतर्फ गएकी थिइन् ।

क्लबले अनुबन्धपछि सावित्राको भिडियो क्लिप पनि सार्वजनिक गरेको छ । युरोपेली महिला फुटबलमा फ्रान्सको लिग माथिल्लो स्तरको मानिन्छ । अहिले ग्वेङगाम्प लिग तालिकाको दशौं स्थानमा छ । क्लबले १२ खेलबाट आठ अंक जोडेको छ । अब शनिबार हुने लिग खेलका लागि उनी छनोट हुने सम्भावना छ ।

अंक तालिकाको तल्लो भागमा रहेको ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ । रेलिगेशनबाट टोलीलाई जोगाउनु नै सावित्राको लागि चुनौती हुनेछ । लिगमा अब अन आभान्ट ग्वेङगाम्पले १० खेल खेल्न बाँकी छ । यससंगै सावित्रा युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न लागेकी हुन् ।

यसअघि उनले इन्डियन्स वुमेन्स लिगमा सनसनी मच्चाएकी थिइन् । उनले २०२२–२३ को सिजनमा चार ह्याट्रिकसहित २९ गोल गरेर इतिहासमेत रचेकी थिइन् । त्यस्तै लिगमा ३ सिजन खेलेकी साम्बाको नाममा सबैभन्दा बढी गोल गर्ने रेकर्डसमेत रहेको छ । उनले इन्डियन वुमेन्स लिगमा ५९ गोल गरेकी छिन् ।

उनीपछि ४ सिजन खेलेकी बाला देवीको नाममा ४८ गोल रहेको छ । सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा नेपालको लागि सर्वाधिक ४३ गोल गरिसकेकी छिन् । घरेलु लिगमा एपिएफबाट खेल्ने साबित्राले भारतीय महिला लिगमा तेस्रो पटक उपाधि उचालिसकेकी छिन् । भारतीय लिगमा उच्च प्रदर्शनसँगै सावित्रालाई युरोपमा खेल्ने ढोका खुलेको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top