×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कसरी संकटोन्मुख बन्यो एनआइसी एसिया बैंक ?

२८ माघ २०८०

२८ माघ, काठमाण्डौ ।

बजारमा व्यवसाय विस्तारमा आक्रामक बनेको एनआइसी एसिया बैंक खस्कँदै गएपछि शाखा बन्द गर्ने अवस्थामा पुगेको छ । बैंकको केही शाखा निरन्तर घाटामा गएपछि बन्द गर्न भन्दै नियामक निकाय राष्ट्र बैंकमा निवेदन दिएको छ । बैंकले एकै पटक ५० शाखा तथा एक दर्जन एक्सटेन्सन काउन्टर बन्द गर्न राष्ट्र बैंकलाई निवेदन समेत दिइसकेको छ ।

बैंकले शाखा बन्द गर्न चाहँदैमा तत्काल शाखा बन्द गरिहाल्न भने पाउँदैन । राष्ट्र बैंकले अनुसन्धान गरेर मात्र बन्द गर्ने नगर्ने निर्णय हुने राष्ट्र बैंकले जनाएको छ । बैंकको शाखा खोल्न र बन्द गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले अनुमति नदिए शाखा बन्द गर्न सम्बन्धित बैंकले पाउँदैन ।

एनआइसी एसिया बैंकसँग हाल ३६० शाखा, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर र ६१ शाखारहित इकाई छन् । सबैभन्दा बढी शाखा भएको बैंक पनि हो एनिआइसी एसिया । शाखा र कर्मचारी धेरै भएकै कारण बैंकको सञ्चालन खर्च बढी छ । कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने एनआईसी एशिया बैंकले ऋण उठाउन नसक्दा बैंकको खराब कर्जामा समेत वृद्धि भएको पछिल्लो वित्तीय विवरणले देखाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतले बढेको छ । खराब कर्जा बढ्नुले बैंकले गरेको लगानी उच्च जोखिममा रहेको पुष्टि गर्छ । वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ ।

बैंकको खुद नाफा पनि ४१.८४ प्रतिशतले घटेर १ अर्ब ९० करोड ३८ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ५४.९२ प्रतिशतले घट्न पुगेको छ । यस्तै बैंकले तोकिएको प्राथमिक पुँजी कोष मिलाउन र लाभांश वितरणको कारबाहीबाट बच्न आवासीय लगानीमा अस्वाभाविक कर्जा वृद्धि गरेर रिपोर्ट सार्वजनिक गरेको पाइएको छ।

यही अस्वाभाविक लगानी वृद्धिलाई लिएर राष्ट्र बैंकले बैंकमाथि अनुसन्धान समेत गर्ने भएको छ । मौद्रिक नीतिको व्यवस्था अनुसार हाल आवासीय घर कर्जाको जोखिम भार ६० प्रतिशत मात्र रहेको छ । एनआईसी एसिया बैंकले असारदेखि पुस मसान्तसम्म ६ महिनामा नै आवासीय कर्जामा ७९ अर्ब रूपैयाँले कर्जा वृद्धि भएको देखाएको छ । यता बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा सञ्चालक समितिले अस्वीकृत गरेको छ।

पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा दिएका थिए । शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए । तर, अहिलेको परिस्थितिमा उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो । २०७५ मंसिरदेखि पाण्डे डेपुटी सीईओका रुपमा कार्यरत छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top