आणविक वम बोकेको विमानमा जब पुटिन चढे

११ फागुन, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सबैभन्दा नयाँ रणनीतिक बमवर्षक टुपोलेभ Tu–160M बाट उडान भरेका छन् । बुधवार पुटिनले आणविक हतियार बोक्न सक्षम यो विमानबाट उडान भरेका हुन् । पुटिनले मस्कोबाट ७२० किलोमिटर पूर्वमा रहेको काजानमा रहेको जेट उत्पादन गर्ने एयरक्राफ्ट प्लान्टबाट Tu–160M मा ३० मिनेटको उडान भरेका थिए। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो जानकारी दिएका हुन् ।

तर उडानको क्रममा विमानको रुट भने उनले खुलाएका छैनन् । उन्नत टुपोलेभ Tu–160M रणनीतिक बमवर्षकहरू हुन्, जुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कजान उड्डयन प्लान्टको भ्रमणको क्रममा निरीक्षण गरेका थिए । यसबाट ६ हजार किलोमिटर टाढाको लक्ष्यमा मिसाइलहरू प्रहार गर्न सकिन्छ ।

रुसको एसपी गोर्बुनोभ काजान एभिएसन प्लान्टले चार टुपोलेभ Tu–160M रणनीतिक बमवर्षकहरू उत्पादन गरेको छ। रूसी वायुसेनाको फ्ल्यागशिप विमान Tu–160M दुबै आणविक र परम्परागत हमलाहरू सुरु गरेर कुनै पनि लडाई स्थिति परिवर्तन गर्न सक्षम मानिन्छ । रुसले यो संसारको सबैभन्दा छिटो उड्ने सुपरसोनिक र सबैभन्दा भारी पेलोड बोक्ने बमवर्षक भएको दाबी गरेको छ ।

रूसको Tu–160M ले आफ्नो पूर्ववर्तीको डिजाइनमा छ । तर यसमा पूर्ण रूपमा नयाँ प्राविधिक आधारहरू छन् त्यो पनि डिजिटल । यसमा ABSU–200–1  अटोपायलट र NK–32–02 टर्बोफ्यान इन्जिन रहेका छन् । यो संसारको सबैभन्दा शक्तिशाली लडाकु इन्जिन मानिन्छ। यसमा नयाँ नोभेला NV1.70 रडार, कम्प्युटराइज्ड “ग्लास“ ककपिट र एन्टी–ज्यामिङ इलेक्ट्रोनिक सपोर्ट मापन पनि छ।

रुसी रक्षा अधिकारीहरूले विगत दुई वर्षदेखि रुस–जापानी सम्बन्धमा तिव्र बिग्रिएको बेला उत्तरपूर्वी एसियामा अमेरिकी र जापानी लक्ष्यमा आक्रमण गर्न Tu–160 प्रयोग गर्ने योजना रहेको उल्लेख गरेका थिए। यसले युक्रेन युद्धमा टोकियोको अडानलाई पछ्याएको छ । यसले अमेरिका र उसका निकटतम सहयोगीहरूले निम्त्याएको खतरालाई कमजोर बनाइदिने रुसी अधिकारीहरुको विश्वास छ ।

अमेरिकाले रुसले अन्तरिक्षमा गोप्य आणविक हतियार रहेको भन्दै विश्वलार्य त्यसको खतराबारे चेतावनी दिएपछि पुटिनले आफ््नो सबैभन्दा शक्तिशाली वमवर्षक विमानमा बसेर उडान भरेका हुन् । गोप्य आणविक हतियारको विषयलाई भने पुटिनले खण्डन गरिसकेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top