कतारी राष्ट्र प्रमुख किन आउँदैछन् पहिलो पटक नेपाल ?

१३ फागुन ,एजेन्सी ।
नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरु मध्येको एक कतारका सरकार तथा राष्ट्र प्रमुखले पहिलो पटक नेपाल भ्रमण गर्ने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल आउने भएका हुन् । आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताभित्र कतारका अमिरले नेपालको भ्रमण गर्ने भएका हुन् ।

त्यस क्रममा दुई देशबीच ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा दुई देशबीच “श्रम मामिलासम्बन्धी” केही समझदारी तथा सम्झौता गर्न लागिएको छ । त्यसका लागि कतिपय समझदारी तथा सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने काम जारी छ ।

श्रममन्त्री भण्डारीका अनुसार सन् २००५ मा नेपाल र कतारबीच भएको तर खासै कार्यान्वयनमा नआएको श्रम सम्झौताको नयाँ मस्यौदा तयार पारिएको छ । उनले उक्त सम्झौतासम्बन्धी समझदारीपत्रमा अमिरको भ्रमणका क्रममा दुई देशबीच हस्ताक्षर गर्ने योजना बनाइएको बताए । भण्डारीले भनेका छन्, “सञ्चारदेखि वन क्षेत्र र जलवायु परिवर्तनदेखि लगानी र श्रमसम्मका कुरा हुन्छन् ।

Advertisement

बहु–समझदारी हुन्छन् र ती मन्त्रालय अनुसार फरक फरक छन्।“ मन्त्री भण्डारीले दिएको जानकारी अनुसार कतार प्रहरीमा नेपालीहरूलाई लिनेबारे पनि समझदारी हुनसक्छ । कतारले केही वर्षअघि नै नेपालबाट आफ्नो प्रहरीमा भर्नाका लागि सरकार–सरकारबीच सम्झौता अन्तर्गत नेपाली नागरिक लाने प्रस्ताव गरेको थियो ।

तर त्यस बेला नेपाल सरकारले समयमै निर्णय नगर्दा म्यानपावर कम्पनीमार्फत् कतिपय नेपालीहरू कतार प्रहरीमा गइरहेको विवरण आइरहेका छन् । त्यसलाई औपचारिक माध्यमबाट लैजाने व्यवस्था मिलाउनेबारे पनि छलफल हुने अधिकारीहरू बताउँछन् । त्यस्तै कतारमा श्रम शोषणसहित अन्य खाले शोषण नहुने प्रत्याभूतिका साथमा नेपाली महिला कामदारहरूलाई पनि घरेलु कामदारका रूपमा पठाउनेसम्बन्धी एउटा प्रोटोकलबारे पनि छलफल जारी रहेको मन्त्री भण्डारीले बताए ।

Advertisement

उक्त भ्रमणका क्रममा नेपाली कूटनीतिक कर्मचारीहरूलाई प्रशिक्षण दिनेसम्बन्धी एउटा समझदारीमा पनि हस्ताक्षर हुनेछ । त्यस्तै शिक्षा क्षेत्रमा सहायता गर्नेसम्बन्धी र सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी समझदारीहरू पनि गर्ने तयारी छ । नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको त्यस्तै निकायबीच पनि सहकार्य गर्ने समझदारी हुने बताइएको छ । युवा र खेलकुद एवं संस्कृति र कलाबारे पनि छुट्टै समझदारीहरू हुनेछन् ।

कतारी अमिरको भ्रमणका क्रममा नेपालले कतारलाई दुई वटा हात्तीका छावा दिने भएको अधिकारीहरूले जनाएका छन् । केही वर्षअघि नेपालले कतारलाई नेपालमा पाइने एक प्रकारको बाज उपहार दिने प्रस्ताव गरेको थियो । त्यस बेला कतारी राजदरबारले त्यसलाई स्वीकार गरे पनि नेपालमै मन्त्रालयहरूबीच समन्वय नहुँदा उक्त योजना असफल भएको अधिकारीहरू बताउँछन् ।

यसपालि भने नेपालले कतारी चिडियाखानाका लागि दुईवटा छावा उपहार दिन लागेको बुझिएको छ । यसअघि गत कात्तिक २० र २१ गते थानीले नेपाल भ्रमण गर्ने तालिका सार्वजनिक भएको थियो, जुन पछि उनले स्थगित गरे । पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले बताएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top