NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ? शुक्रबार अशोज ३१ , २०८२
ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा शुक्रबार अशोज ३१ , २०८२
के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार शुक्रबार अशोज ३१ , २०८२
Next
Prev

समाचार

कतारी राष्ट्र प्रमुख किन आउँदैछन् पहिलो पटक नेपाल ?

आइतवार फाल्गुन १३ , २०८०
Reading Time: 1 min read
A A
कतारी राष्ट्र प्रमुख किन आउँदैछन् पहिलो पटक नेपाल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ फागुन ,एजेन्सी ।
नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरु मध्येको एक कतारका सरकार तथा राष्ट्र प्रमुखले पहिलो पटक नेपाल भ्रमण गर्ने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल आउने भएका हुन् । आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताभित्र कतारका अमिरले नेपालको भ्रमण गर्ने भएका हुन् ।

त्यस क्रममा दुई देशबीच ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा दुई देशबीच “श्रम मामिलासम्बन्धी” केही समझदारी तथा सम्झौता गर्न लागिएको छ । त्यसका लागि कतिपय समझदारी तथा सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने काम जारी छ ।

श्रममन्त्री भण्डारीका अनुसार सन् २००५ मा नेपाल र कतारबीच भएको तर खासै कार्यान्वयनमा नआएको श्रम सम्झौताको नयाँ मस्यौदा तयार पारिएको छ । उनले उक्त सम्झौतासम्बन्धी समझदारीपत्रमा अमिरको भ्रमणका क्रममा दुई देशबीच हस्ताक्षर गर्ने योजना बनाइएको बताए । भण्डारीले भनेका छन्, “सञ्चारदेखि वन क्षेत्र र जलवायु परिवर्तनदेखि लगानी र श्रमसम्मका कुरा हुन्छन् ।

LS Auto

बहु–समझदारी हुन्छन् र ती मन्त्रालय अनुसार फरक फरक छन्।“ मन्त्री भण्डारीले दिएको जानकारी अनुसार कतार प्रहरीमा नेपालीहरूलाई लिनेबारे पनि समझदारी हुनसक्छ । कतारले केही वर्षअघि नै नेपालबाट आफ्नो प्रहरीमा भर्नाका लागि सरकार–सरकारबीच सम्झौता अन्तर्गत नेपाली नागरिक लाने प्रस्ताव गरेको थियो ।

तर त्यस बेला नेपाल सरकारले समयमै निर्णय नगर्दा म्यानपावर कम्पनीमार्फत् कतिपय नेपालीहरू कतार प्रहरीमा गइरहेको विवरण आइरहेका छन् । त्यसलाई औपचारिक माध्यमबाट लैजाने व्यवस्था मिलाउनेबारे पनि छलफल हुने अधिकारीहरू बताउँछन् । त्यस्तै कतारमा श्रम शोषणसहित अन्य खाले शोषण नहुने प्रत्याभूतिका साथमा नेपाली महिला कामदारहरूलाई पनि घरेलु कामदारका रूपमा पठाउनेसम्बन्धी एउटा प्रोटोकलबारे पनि छलफल जारी रहेको मन्त्री भण्डारीले बताए ।

उक्त भ्रमणका क्रममा नेपाली कूटनीतिक कर्मचारीहरूलाई प्रशिक्षण दिनेसम्बन्धी एउटा समझदारीमा पनि हस्ताक्षर हुनेछ । त्यस्तै शिक्षा क्षेत्रमा सहायता गर्नेसम्बन्धी र सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी समझदारीहरू पनि गर्ने तयारी छ । नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको त्यस्तै निकायबीच पनि सहकार्य गर्ने समझदारी हुने बताइएको छ । युवा र खेलकुद एवं संस्कृति र कलाबारे पनि छुट्टै समझदारीहरू हुनेछन् ।

कतारी अमिरको भ्रमणका क्रममा नेपालले कतारलाई दुई वटा हात्तीका छावा दिने भएको अधिकारीहरूले जनाएका छन् । केही वर्षअघि नेपालले कतारलाई नेपालमा पाइने एक प्रकारको बाज उपहार दिने प्रस्ताव गरेको थियो । त्यस बेला कतारी राजदरबारले त्यसलाई स्वीकार गरे पनि नेपालमै मन्त्रालयहरूबीच समन्वय नहुँदा उक्त योजना असफल भएको अधिकारीहरू बताउँछन् ।

यसपालि भने नेपालले कतारी चिडियाखानाका लागि दुईवटा छावा उपहार दिन लागेको बुझिएको छ । यसअघि गत कात्तिक २० र २१ गते थानीले नेपाल भ्रमण गर्ने तालिका सार्वजनिक भएको थियो, जुन पछि उनले स्थगित गरे । पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले बताएको थियो ।

Tags: #कतारका अमिर नेपाल आउँदै

लोकप्रीय

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

शुक्रबार अशोज ३१ , २०८२

विचार

थप समाचार

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ
ताजा समाचार

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

शुक्रबार अशोज ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.