Nepal Times
Nepal Times
3
Shares

कोशी प्रदेशमा २२१ जनाका लागि जागिर खुल्यो

कोशी प्रदेशमा २२१ जनाका लागि जागिर खुल्यो

१४ फागुन,  विराटनगर ।

कोशी प्रदेश लोक सेवा आयोगले २२१ जनाका लागि रोजगारीको अवसर खुलाएको छ । कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ ।

प्रदेश निजामती सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको सूचनामा जनाइएको छ । परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ ।

शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरी सार्वजनिक गर्ने जनाएको छ । प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर तीन सय बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि एक सय रुपैयाँ थप दस्तुर लाग्ने सूचनामा जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.