×

NEPAL TIMES UPDATES

Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026

पृथ्वीकै ठूला बालुवाका ढिस्कोको रहस्य पत्ता लाग्यो

२२ फाल्गुन २०८०

२२ फागुन, एजेन्सी । 
पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ। विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ । बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन् ।

यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मङ्गल ग्रहसम्म भेटिएका छन् तर विज्ञहरूले अहिलेसम्म ती ढिस्काहरू कहिले बनेका थिए भनेर पत्ता लगाउन सकेका थिएनन् । अहिले भने वैज्ञानिकहरूले मोरोक्कोमा रहेको लाला लालिया नामको बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको पत्ता लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

स्टार ड्यून्स विपरीत तर्फबाट आएको हावाका कारण बन्ने गर्छन्। बालुवाको ढिस्कोको उमेरले वैज्ञानिकलाई ती हावाबारे बुझ्न मद्दत गर्छ जसले त्यो समयको जलवायुबारे बुझ्न सहयोग गर्ने युनिभर्सिटी अफ अबरिस्टविथका प्राध्यापक जियोफ ड्यूलरले भनेको बीबीसीले उल्लेख गरेको छ ।

उनले बर्कबेक युनिभर्सिटीस्थित प्राध्यापक चार्ल्स ब्रिस्टोसँग मिलेर आफ्नो अनुसन्धान प्रकाशित गरेका छन् । लाला लालिया (रैथाने अमेजिया नाम जसको अर्थ पवित्र उच्च विन्दु हुन्छ) दक्षिण–पूर्वी मोरोक्कोस्थित एर्ग चेबी स्यान्ड सीमा अवस्थित छ । यो एक सय मिटर अग्लो र ७०० मिटर चौडा फैलिएको छ ।

सुरुमा बनेपछि यो करिब ८००० वर्षसम्म वृद्धि हुन छोडेको थियो । त्यसपछिका पछिल्ला केही हजार वर्षहरूमा भने तीव्र रूपमा यसको आकार वृद्धि भएको छ । सामान्यतः मरुभूमिहरूको पहिचान पृथ्वीको भौगर्भिक इतिहासमा गर्न सकिन्छ । हुन्छ तर अहिलेसम्म स्टार ड्यून्सबारे जानकारी भने पाइन्नथ्यो ।

प्रोफेशर ड्यूलर भन्छन्, शायद यी ढिस्काहरू निकै ठूला हुने भएकाले विज्ञहरूले एउटा विशेष खालको ढिस्कोबारे अवलोकन गरिरहेका छन् भन्ने महसुस नै गरेका थिएनन् । “यी अध्ययन परिणामले सम्भवतः धेरै मानिसलाई चकित पार्न सक्छ किनभने यी ढिस्काहरू कति छिट्टै बने भन्ने कुरा हामी देख्न सक्छौँ।

Advertisement
Advertisement

यो मरुभूमिभरि प्रतिवर्ष करिब ५० सेन्टिमिटरले बढिहेको छ,“ उनले थपे । वैज्ञानिकहरूले स्टार ड्यूनको उमेर पत्ता लगाउन लुमनेसेन्स प्रविधिको प्रयोग गरेका थिए । यो विधिले बालुवाको कणमा पछिल्लो पटक कहिले दिनको उज्यालो परेको थियो भन्ने गणना गर्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top