×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

रविका केही पूराना केही नयाँ बाचा !

२४ फाल्गुन २०८०

२४ फागुन, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका हुन् । गृहमा माओवादी केन्द्र र नेकपा एमालेको पनि दाबी थियो । तर रास्वपाले गृहलाई बटमलाइन बनाएकाले बाजी रविले नै मारे ।

Advertisement
Advertisement

यससंगै उनी दोस्रो पटक उपप्रधानसहित गृहमन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले केही नयाँ र केही पुरानै प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने बताएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए ।

आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो बोकेर कोही आएमा जानकारी दिन भन्दै उनले त्यस्तो व्यक्तिलाई सिंहदरबार प्रवेशमै रोक लगाउने उनले बताए । उपप्रधानमन्त्री लामिछानेले सरकारी जग्गा हडप्नेहरुलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय पनि गरेका छन् ।

यो अभियान यसअघिका गृहमन्त्री नारनायणकाजी क्षेष्ठले सुरु गरेका थिए । ररविले यसअघिका मन्त्रीहरुले सुरु गरेका राम्रा कामहरुलाई आफुले पनि अघि लैजाने बताएका छन् । उनले न्याय माग्नलाई मन्त्रीनै भेट्ने चलनको अन्त्य गर्ने घोषणा पनि गरेका छन् । उनले मिटरव्याज पीडित हुन् वा अरु कुनै पीडित न्याय माग्न काठमाडौंसम्म आउन नपर्ने गरी काम गर्ने बताए ।

लघुवित्तका ऋणी र मिटरब्याज पीडितले काठमाडौंमा आएर नियमित जसो प्रदर्शन गर्दै आएका छन् । उनले नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति काम गर्ने पनि उनले बताए । उनले कुनै पनि व्यापारीले व्यापर गर्न पाइनँ, सुरक्षा भएन भनेर गुनासो गर्ने ठाउँ नरहने गरी काम गर्नु पर्ने बताए । शहर २४ सै घण्टा खुल्ने वातावरण बनाउनु पर्ने उनले बताए ।

अघिल्लो पटक ३४ दिनको कार्यकालमा तस्करी नियन्त्रणमा आफूले काम गरेको भन्दै उनले अहिले पनि तस्करी नियन्त्रणमा काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् । उनले अघिल्लो कार्यकालको तुलनामा अहिले आफू दृढ भएर आएको उनले बताए । एक वर्षअघि गृहमन्त्रीकै कार्यभार ग्रहण गर्दा उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना छानबिन गरी दोषी पक्राउ गर्ने पहिलो निर्णय गरेका थिए ।

तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेन । हालसम्म उक्त घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । अहिले फेरि उनले सोही प्रतिबद्धता दोहोर्याएका छन् । यसैबीच उनीसमेत मुछिएको भनिएको सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ पर्छन् कि पर्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा प्रहरीले सहकारी ठगीको कसुरमा नवनियुक्त गृहमन्त्री रवि लामिछानेविरुद्ध पनि अनुसन्धान गरिरहेको छ । तर आरोपित व्यक्ति नै अब अनुसन्धान गर्ने निकायको प्रमुख भएका छन् । रवि लामिछानेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय कास्की र सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ ।

यस्तै अन्य सहकारीका विषयमा रुपन्देही, चितवन, पर्सा र काठमाडौँमा पनि अनुसन्धान भइरहेको छ । यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि जीबी र रविका सबै बैंकमा रहेको खाताको विवरण माग गरिसकेको छ । उनी समेत जोडिएका यी मुद्दाका प्रमुख आरोपी भने जीबी भन्ने गितेन्द्रबाबु राई हुन् । तर उनी हाल फरार छन् ।

यस्तो अवस्थामा अब रविले स्वयं पनि फस्न सक्ने प्रकरणमा जीबी राई प्रकरणमा कस्तो कदम चाल्छन् भन्नेमा धेरैको चासो बढेको छ । प्रतिपक्षमा हुँदा भने रविले जीबीलाई पक्राउ गर्न सार्वजनिक रुपमै गृहमन्त्रीलाई चुनौती दिएका थिए । अब जीबीलाई पक्राउ गर्ने जिम्मा नै उनैलाई आइलागेको छ। रविले पद सम्हालेको १२ घण्टा पनि नबित्दै सिंगापुरमा जीबी राई पक्राउ परेको अपुष्ट खबरहरु सामाजिक संजालबाट बाहिरिएका छन् ।

Advertisement

तर नेपाल प्रहरीले जीबी राई प्रक्राउ परेको विषयमा अनविज्ञता प्रकट गरेको छ । यसैबीच रविलाई नै कारण देखाएर राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष चित्रबहादुर केसीले फागुन २४ गते विज्ञप्ति जारी गरी प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप पनि जनमोर्चाले लगाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top