×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

भगवतीलाई फेरि महिला, बालबालिका मन्त्रालयको जिम्मा

२४ फाल्गुन २०८०

२४ फागुन, काठमाण्डौ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको २० सदस्यीय सरकारमा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेकी भगवती चौधरी पुनः मन्त्री बनेकी छन् । गठबन्धन परिवर्तनपछिको प्रचण्ड नेतृत्वको सरकारमा चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

गत संसदीय दलको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित संसदीय यात्रा थालेकी उनी तेस्रो पटक मन्त्री बनेकी हुन् । यसअघि गत वर्षको माघ ३ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा उनी मन्त्री बनेकी थिइन् ।

त्यसभन्दा अगाडि भने २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी थिइन् । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको संसदीय निर्वाचनमा गरी दुई पटक गच्छदारसँगको प्रतिस्पर्धामा पराजित भएकी चौधरीले तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएकी हुन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले पराजित भएकी चौधरी ०७४ सालको निर्वाचनमा भने ३ सय २१ मतको झिनो मतान्तरले पराजित भएकी थिइन् । २०७४ को निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उनले लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको आरोप लगाएकी थिइन् । मुद्दा परेको तेस्रो दिन १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेपछि संसद्को कार्यकाल सकिएर निर्वाचनको मिति तय हुँदासमेत फैसला नआएपछि भगवती पुनः मैदानमा उत्रिएकी थिइन् ।

को हुन् भगवती चौधरी ?
भगवती चौधरी सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी हुन् । नेकपा एमालेका जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरीले २०४८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् । सोही वर्ष उनले नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् ।

५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ । भगवतीले २०५१ सालमा फरवार्ड एनजिओ स्थापना गरेर लघुवित्त अभियानबाट सामाजिक कार्यमा सक्रिय भएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी लघुवित्तमार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान दिएर चर्चामा आएकी थिइन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी थिइन् ।

सोही वर्ष पहिलो संविधानसभा सदस्य भएकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्रीसमेत भएकी थिइन् । यसअघि ४२ दिन मन्त्री हुँदा भगबती चौधरीले नीतिगत सुधारमा जोड दिएको बताउने गरेकी छन् । डेढ महिनाको अवधिमा ज्येष्ठ नागरिक राष्ट्रिय नीतिको मस्यौदा पुरा गरेको जनाउँदै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हातहातमै पुर्याउने, छोराछोरीले आम्दानीको ११ प्रतिशत छुट्याउनु पर्ने, स्वास्थ्य सुरक्षा लगायतका विषयहरु समेटिएको उनले बताएकी थिइन ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक देशको कूल बजेटको ०.६ प्रतिशत मात्र बजेट रहेकोले पर्याप्त कार्यक्रम र योजना बनाउन नसकिएकोले आगामी वर्षमा ५ अर्बको बजेट माग गरी राष्ट्रिय योजना आयोगमा पठाइएको पनि उनले यसअघि सरकारबाट बाहिरिएपछि बताएकी थिइन । अब पुनः पूरानै मन्त्रालय सम्हाल्न पुगेकी भगवतीलाई आफ्ना योजनाहरुलाई पूर्णता दिने र आफ्नो कार्यकाल स्मरणीय बनाउन सक्ने सुनौलो अवसर प्राप्त भएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top