NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित शुक्रबार मंसिर १२ , २०८२
कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ? शुक्रबार मंसिर १२ , २०८२
जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन् शुक्रबार मंसिर १२ , २०८२
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु शुक्रबार मंसिर १२ , २०८२
Next
Prev

समाचार

भगवतीलाई फेरि महिला, बालबालिका मन्त्रालयको जिम्मा

बिहिबार फाल्गुन २४ , २०८०
Reading Time: 1 min read
A A
भगवतीलाई फेरि महिला, बालबालिका मन्त्रालयको जिम्मा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ फागुन, काठमाण्डौ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको २० सदस्यीय सरकारमा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेकी भगवती चौधरी पुनः मन्त्री बनेकी छन् । गठबन्धन परिवर्तनपछिको प्रचण्ड नेतृत्वको सरकारमा चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

गत संसदीय दलको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पराजित संसदीय यात्रा थालेकी उनी तेस्रो पटक मन्त्री बनेकी हुन् । यसअघि गत वर्षको माघ ३ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा उनी मन्त्री बनेकी थिइन् ।

LS Auto

त्यसभन्दा अगाडि भने २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्री बनेकी थिइन् । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको संसदीय निर्वाचनमा गरी दुई पटक गच्छदारसँगको प्रतिस्पर्धामा पराजित भएकी चौधरीले तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल भएकी हुन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले पराजित भएकी चौधरी ०७४ सालको निर्वाचनमा भने ३ सय २१ मतको झिनो मतान्तरले पराजित भएकी थिइन् । २०७४ को निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उनले लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको आरोप लगाएकी थिइन् । मुद्दा परेको तेस्रो दिन १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेपछि संसद्को कार्यकाल सकिएर निर्वाचनको मिति तय हुँदासमेत फैसला नआएपछि भगवती पुनः मैदानमा उत्रिएकी थिइन् ।

को हुन् भगवती चौधरी ?
भगवती चौधरी सुनसरीको सामान्य किसान परिवारमा जन्मे, हुर्केर राजनीतिमा आएकी हुन् । नेकपा एमालेका जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरीले २०४८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् । सोही वर्ष उनले नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् ।

५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ । भगवतीले २०५१ सालमा फरवार्ड एनजिओ स्थापना गरेर लघुवित्त अभियानबाट सामाजिक कार्यमा सक्रिय भएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी लघुवित्तमार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा योगदान दिएर चर्चामा आएकी थिइन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी थिइन् ।

सोही वर्ष पहिलो संविधानसभा सदस्य भएकी उनी वन तथा भू–संरक्षण राज्यमन्त्रीसमेत भएकी थिइन् । यसअघि ४२ दिन मन्त्री हुँदा भगबती चौधरीले नीतिगत सुधारमा जोड दिएको बताउने गरेकी छन् । डेढ महिनाको अवधिमा ज्येष्ठ नागरिक राष्ट्रिय नीतिको मस्यौदा पुरा गरेको जनाउँदै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हातहातमै पुर्याउने, छोराछोरीले आम्दानीको ११ प्रतिशत छुट्याउनु पर्ने, स्वास्थ्य सुरक्षा लगायतका विषयहरु समेटिएको उनले बताएकी थिइन ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक देशको कूल बजेटको ०.६ प्रतिशत मात्र बजेट रहेकोले पर्याप्त कार्यक्रम र योजना बनाउन नसकिएकोले आगामी वर्षमा ५ अर्बको बजेट माग गरी राष्ट्रिय योजना आयोगमा पठाइएको पनि उनले यसअघि सरकारबाट बाहिरिएपछि बताएकी थिइन । अब पुनः पूरानै मन्त्रालय सम्हाल्न पुगेकी भगवतीलाई आफ्ना योजनाहरुलाई पूर्णता दिने र आफ्नो कार्यकाल स्मरणीय बनाउन सक्ने सुनौलो अवसर प्राप्त भएको छ ।

Tags: #भगवती चौधरी#महिलाबालबालिका मन्त्रालय

लोकप्रीय

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

शुक्रबार मंसिर १२ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

शुक्रबार मंसिर १२ , २०८२

विचार

थप समाचार

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश
ताजा समाचार

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित
अन्तर्राष्ट्रिय

इमरान खानको भाषण प्रशारणमा रोक
अन्तर्राष्ट्रिय

जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्

शुक्रबार मंसिर १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

शुक्रबार मंसिर १२ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

शुक्रबार मंसिर १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.