४ पटक मन्त्री बनेका महरा भारत तर्फ भाग्न खोजेका थिए ?

चैत ५ , काठमाण्डौ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । महरा प्रहरी हिरासतमा पुगेको यो दोस्रो पटक हो । पहिलो पटक बलात्कारको आरोपमा पक्राउ पर्दा उनी १३३ दिन थुनामा बसेका थिए । यद्यपि यो आरोपमा भने उनले सफाइ पाइसकेका छन् ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसअघि महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ महराले यसअघि अनुसन्धान अधिकृतहरुसँग बताएका थिए ।

Advertisement

सीआईबीका अनुसन्धान अधिकृतहरूसँग महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको भने स्विकारेका थिए । यसैगरी सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुगेपछि महरा पक्राउ परेका हुन् । प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।

नेता महराका छोरा राहुल पनि सोही प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् । महरालाई बर्दघाटबाट पछ्याएको प्रहरीले कपिलवस्तुको पकडी पुगेर पक्राउ गरेको हो । पक्राउपछि रुपन्देही प्रहरीको गाडीमा राखेर एयरपोर्ट ल्याइएर उनलाई विमानमार्फत काठमाडौं लगिएको छ । विमानस्थलबाटै महराले प्रधानमन्त्रीलाई समेत फोन गरेको तथा विमानस्थलमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग उनको भेट भएको थियो ।

Advertisement

रविले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि नै महराले काठमाडौं छोडेपछि प्रहरीले निगरानी बढाएको प्रहरी स्रोतले बताएको छ । रविले सुरक्षा अधिकारीहरुलाई महराविरुद्ध अनुशन्धान गर्न निर्देशन दिएसँगै उनी भारततर्फ जाने तयारी गरेका थिए । प्रहरीले यही सूचनाको आधारमा नाकामा कडाइ गरेपछि उनले राजमार्ग छाडेर हुलाकी मार्ग प्रयोग गरेको हुन् सक्ने अनुमान गरिएको छ ।

विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ । सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो ।

०६३ सालको अन्तरिम सरकारका पालामा महरा सूचना तथा सञ्चार मन्त्री बनेका थिए । त्यसपछि २०७६ सालमा एमाले नेता झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । २०७३ सालमा कांग्रेस माओवादी नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थमन्त्री बनेका महरा त्यसको एक वर्षपछि २०७४ सालमा बनेको देउवा सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका थिए । २०७४ को निर्वाचनपछि नेकपा कालमा महरा प्रतिनिधि सभाको सभामुख बनेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top