विवादास्पद पप्पु कन्ष्ट्रक्सन राष्ट्र बैंकको भवन बनाउन छनौट

काठमाडौं,भदौ २९
भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको भवन बनाउन विवादस्पद पप्पु कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्राविधिक रुपमा छनौट भएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बोलपत्र आब्हान गर्दा भाग लिने मध्ये पप्पुलगायत १२ निर्माण व्यवसायी प्राविधिक रुपमा पास भएका छन् । पप्पुले एसआरबीसीसंगको संयुक्त उपक्रम (जेभी) संग बोलपत्र पेश गरेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

धरहराको सुपरीवेक्षणको काम गर्नका लागि छनौट भएको पप्पुले राष्ट्र बैंकको भवन बनाउन प्राविधिक रुपमा सक्षम प्रमाणपत्र सरकारबाट पाएको छ ।आर्थिक प्रस्ताव खोल्न बाँकी रहेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । आर्थिक प्रस्तावमा सबैभन्दा सस्तो दर भएमा पप्पुले राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाउने छ । पप्पुले ठेक्का पाएमा राष्ट्र बैंकको भवन निर्माण पनि अनिश्चित बन्नेछ । आयोजना कार्यान्वयन इकाईले असोज ५ गते बिहान ११ बजे आर्थिक प्रस्ताव खोल्ने जानकारी दिएको छ । सबैभन्दा कम दर प्रस्ताव गरेको पाइएमा पप्पुले राष्ट्र बैंकको भवन बनाउने ठेक्का पाउने छ ।

पप्पुले ठेक्का पाएका कुनै पनि आयोजना निर्धारित समयमा सकिएको छैन् । पप्पुमाथि गुणस्तरहीन काम गरेको आरोप लाग्दै आएको छ । उसले ७ किलोमिटर भन्दा बढी लामो पुल आयोजनाको ठेक्काको काम गर्न बाँकी रहेको छ । पप्पुले वर्षोदेखि पुल निर्माण अलपत्र पारेर छाडेको छ ।

Advertisement

पप्पु कन्ष्ट्रक्सन संघीय समाजवादी फोरमका अध्यक्ष हरिनारायण रौनियारको हो । उनले हालै एक दैनिक अखवारमा अन्तरवार्ता दिदै पप्पुमाथि लागेको आरोप सत्य नभएको दावी गरेका छन् । अहिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पप्पुले लिएका आयोजनाको अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन आएपछि कार्वाही प्रक्रिया अघि बढाउने मन्त्री रघुवीर महासेठले बताएका छन् ।

राष्ट्र बैंकको भवन बनाउन प्राविधिक प्रस्ताव पास हुनेमा क्यापसिटी गौरी पार्वती जेभी, कुमार सीएफसी जेभी, सीआर ५ स्वच्छन्द जेभी, जीआईएसी, शर्मा लाभा जेभी, जेटिक रमन जेभी रहेका छन् ।प्राविधिक रुपमा सफल हुने अन्य कम्पनीमा सीसो समानन्तर जेभी, बीएलके रसुवा रोशन जेभी, एसआरबीसी पप्पु जेभी, चाइना रेल्वे गजुरमुखी जेभी, बिल्ल कन्टेक जेभी, तँदी केसी जेभी र बीकोइ हेविइ जेभी रहेका छन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top