मुम्बईको विष्फोटक ब्याटिङ, ७ विकेटले हार्यो आरसिबि

२९ चैत ८०, शुक्रबार

३० चैत , एजेन्सी ।

इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध सानदार जित दर्ता गरेको छ । यस संस्करणको दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो ।

मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५२ रन बनाए । आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो ।

आरसिबिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए । दिनेश कार्तिकले ५३ र रजत पतिडरले ५१ रन बनाए । मुम्बईका जसप्रित बुम्राह एक्लैले ५ विकेट लिएका थिए । जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ । आरसिबि ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ । आईपीएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनऊमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top