×

NEPAL TIMES UPDATES

Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026

सुमनाको अर्काे आइस ब्रेक,कारबाहीका लागि अख्तियार गुहारिन

३ बैशाख २०८१

३ वैशाख , काठमाण्डौ।

नेपालको शिक्षा क्षेत्रको विकासका लागि दुई तिहाइ बराबरको बजेट विनियोजन हुने गरेको तथ्याङ छ । तर बजेट लगानी अनुरुपमा शिक्षा क्षेत्रको विकास नभएको, सरकारी तथा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको शैक्षिक गुणस्तर उन्नत रहेको भन्दै शिक्षा क्षेत्रको लगानी वालुवामा पानी भएको टिप्पणी भइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विगतको बजेट विनियोजनको परिपाटी बदल्ने गरी बजेटका लागि सुझाव माग गरेकी छन् ।

यसका लागि उनले विगत ५ वर्षको शिक्षाको बजेट विनियोजन नै सार्वजनिक गरिदिएकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्षदेखिको बजेट विनियोजन भएको विवरण सार्वजनिक गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको निर्देशनपछि मन्त्रालयले वेवसाइटमार्फत विवरण सार्वजनिक गरेको हो । शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येतालाई सुझाव दिन आग्रहसमेत गरेकी छन् ।

उनले भनिन्, ‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ । यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयन योग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ ।’ शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालालाई यी तथ्याङ्कले सहयोग गर्ने मन्त्रालयको अपेक्षा छ ।

यी तथ्यांकको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल ठेगानमा पठाउन सकिने जनाइएको छ । यस्तै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । ६ वर्षदेखि गोप्य राखिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मन्त्रालयले २८ चैतमा सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीराबहादुर महर्जनसहित ४३ जनालाई कारबाही सिफारिस गरिएको थियो । शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयका अनुसार, प्रतिवेदन सार्वजनिक गरेर प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सोमबार मन्त्रीस्तरीय निर्णय भएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top