मरुभूमिको देश यूएईमा कसरी आयो जलप्रलय ?

६ वैशाख ,एजेन्सी ।
संयुक्त अरब इमिरेट्सको मुख्य आर्थिक शहर दुबईमा अहिले बाढी र वर्षा भइरहेको छ । सडकहरू पानीले भरिएका छन् । बाढीमा गाडी बगेका छन् सडकहरू र विलासी टावरहरू सबै यसको चपेटामा परेका छन् । त्यहाँ २४ घण्टाभन्दा बढी समयदेखिको अविरल वर्षाले सबैको जनजीवन कष्टकर बनेको छ । यस्तो मरुभूमि क्षेत्रमा बाढीजस्तो अवस्था आउनु सारा विश्वका लागि अनौठो कुरा हो ।

कतिपयले यसलाई क्लाउड सिडिङबाट हुने कृत्रिम वर्षाको परिणाम मानिरहेका छन् भने केही विज्ञले यसलाई जलवायु परिवर्तनको परिणाम मानिरहेका छन् । तर सबै अलमलमा छन् । निकै कम पानी पर्ने दुबईमा दुई वर्षमा हुनेजति वर्षा एकै दिनमा हुँदा ठूलो प्राकृतिक विपत्ति ल्याएको छ। १६ अप्रिल, २०२४ मा यो मरुभूमिको विकसित शहरमा ठूलो वर्षा भयो ।

चारैतिर बिजुली चम्किएर अचानक अँध्यारो भई वर्षा सुरु भएको थियो । त्यसको केही बेरमा पूरै शहर बाढीमा डुब्यो । विमानस्थल, रेल स्टेसन, सपिङ मल, सडक, व्यापारिक संस्थानमा पानी पसेको थियो भने विद्यालयसमेत बन्द गरिएका थिए । बाढीभित्र विमान गुडिरहेका भिडिओहरुले विश्वको ध्यान खिचेको छ ।

Advertisement

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा २४ घन्टामा १६० मिलिमिटर वर्षा भयो । जुन आम रूपमा दुई वर्षमा हुन्छ । यो आफैँमा एउटा प्राकृतिक विपत्ति पनि हो । वैज्ञानिकहरूले क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षाका कारण भएको बताएका छन् । दुबई प्रशासनले सोमबार र मंगलबार क्लाउड सिडिङका लागि विमान उडाएको थियो ।

दुबई र आसपासमा समुद्र छ । जहाँ धुलोको तुफान आउने गर्छ । धुलो आफैँमा क्लाउड सिडर हो । जसलाई विज्ञानको भाषामा कन्डेन्सेसन न्युक्लियाई भनिन्छ । अर्थात् क्लाउड सिडिङ अत्यधिक धुलोको कणका कारण गडबड हुन पुग्यो । दुबई शहर तटीय भागमा स्थित छ। यहाँको मौसम सामान्यतया सुख्खा रहन्छ।

तर, वर्षभरि औसतमा १०० मिलिमिटरभन्दा कम वर्षा हुन्छ। कहिलेकाहीँ यहाँ मुसलधारे पानी पर्ने अवस्था सिर्जना हुन्छ । मरुभूमि क्षेत्रहरूमा बालुवाका टिब्बाहरू हुन्छन्। यी बालुवाका टिब्बा हुन्, जहाँ वर्षाको पानी जम्मा भइरहन्छ। टावर निर्माणको नाममा खुला ठाउँमा पाइने यी खैरो बालुवाका ढुङ्गाहरू भत्काएर सहरमा हरियो प्वाल सिर्जना भइरहेका छन् ।

जसका कारण मरुभूमिको इकोसिस्टम पनि बिग्रदै गएको छ । साउदी अरेबियामा यी हरियो प्याचहरूको बारेमा वातावरणविद्हरूले पनि चिन्ता व्यक्त गरेका छन्। यी हरियो प्याचहरू संयुक्त अरब इमिरेट्समा पनि देखिन थालेका छन्, जुन कृत्रिम विधिबाट बनाइँदैछ। जसका कारण मरुभूमि क्षेत्रको संवेदनशील वातावरणमा क्षति पुगेको छ ।

यी हरियो प्याचहरू पछाडि कृत्रिम वर्षा पनि हुन्छ। यस्तो अवस्थामा यी खैरो ढिस्को हटाउँदा सिङ्गो सहर डुबानमा परेको छ । कृत्रिम रूपमा बादललाई वर्षामा रूपान्तरण गर्ने प्रविधिलाई क्लाउड सीडिङ भनिन्छ। यो वर्षा केही केमिकलका कारण हुन्छ । सुख्खा बरफ जस्ता रसायनहरू हेलिकप्टर वा विमानहरू मार्फत आकाशमा बादलको छेउमा छर्किन्छन्।

जसका कारण बादल एक ठाउँमा जमेर पानी पर्न थाल्छ । यदि बादल धेरै भयो र यी रसायनहरू छर्कियो भने, बादल फुटेर शहरमा अचानक बाढी आउन सक्छ। तर, जलवायु परिवर्तन पनि यसको प्रमुख कारण हुनसक्छ । हालै गरिएको एक अध्ययन अनुसार पृथ्वीको तापक्रम बढ्दै गएको दरले यस शताब्दीको अन्त्यसम्ममा युएईजस्ता सुख्खा र तातो देशमा वार्षिक वर्षा झन्डै ३० प्रतिशतले बढ्न सक्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top