NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

रोयल्टीका लागि हिमालमा आरोहीको ताती बन्द ,आरोहणमा सीमा

बुधबार बैशाख १९ , २०८१
Reading Time: 1 min read
A A
आठ युवाले गरे मर्दी हिमालको आरोहण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ वैशाख , काठमाण्डौ ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालहरूमा आरोहीको लाग्ने ताँती र आरोहीहरुले फाल्ने फोहोरका कारण आरोहणका लागि निश्चित समिा तोक्नुपर्ने वातावरणविद्हरुले टिप्पणी गरिरहेका बेला सर्वाेच्च अदालतले कानूनी रुपमा नै सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले आरोहणमा सीमा तोक्नसरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले सामर्थ्यले भ्याउने संख्या र समय तोकेर मात्र आरोहण अनुमति दिन आदेश दिएको हो। अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा निर्णय सुनाउँदै सर्वोच्चले आपतकालीन उद्धारको लागि बाहेक शिविरदेखि हिमचुलीको चुचुरोसम्म हेलिकप्टरको प्रयोगमा पनि रोक लगाएको छ ।

LS Auto

पर्यटन विभागका अनुसार, गत वर्ष (सन् २०२३) सगरमाथामा मात्र नेपालतर्फबाट ४ सय ७८ जनाले आरोहण अनुमति लिएका थिए। तीमध्ये २ सय ८७ जनाले सफल आरोहण गरेका थिए। उनीहरूलाई सघाउने सेर्पा टिममा ३ सय ५९ जना थिए। यी सबै जोड्दा सगरमाथाको चुचुरोमा पुग्नेको संख्या ६ सय ४६ जना हुन्छ। गत वर्ष सगरमाथा क्षेत्रमा १७ आरोहीको मृत्यु भएको थियो।

सगरमाथासहित केही हिमालमा चीनतर्फबाट पनि आरोहण अनुमति दिने गरिएको छ। ‘हिमाललाई यही स्वरूपमा आगामी पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ र यो अन्तरपुस्तीय समन्यायको अवधारणा हो,’ आदेशमा भनिएको छ, ‘हिमाललाई फोहोर राख्ने र रोयल्टीको नाममा हिमालहरूले थेग्नै नसक्ने गरी जतिसुकै संख्यालाई जुनसुकै समयमा पनि पर्वातारोहण गर्न दिनु हिमाललाई पीडा दिनु र अपमान गर्नु हो।

उसको आत्मसम्मानमा आघात पार्नु हो।’ पर्वतारोहण दलका सदस्यहरूले आफूसँग लैजाने सामानहरूको सूची तयार गरी पर्वतारोहणको प्रस्थानबिन्दुमा टिपाउने र पर्वतारोहण गरी फर्कने क्रममा फिर्ता ल्याएका सामानहरू अनिवार्यरूपमा आगमन बिन्दुमा टिपाउने व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ।

नेपाल विश्वका जलवायु परिवर्तनको जोखिममा रहेको र बढ्दो तापक्रमले हिमाल र हिमनदीहरू पग्लने, हिमतालको विष्फोट हुने र बाढीजन्य प्रकोप बढ्ने अवस्था देखिएकोतर्फ सचेत गराउँदै सर्वोच्चले हिमालको संरक्षण र सरसफाइका लागि सरकारको ध्यानाकर्षण गराएको हो। प्राकृतिक विपददेखि कृषि र पर्यटनमा समेत प्रतिकूल असर परिरहेको र यसले किसान, स्थानीय तथा आदिवासी नागरिक अझ बढी जोखिममा रहेको औँल्याएको छ।

हिमालको अस्तित्वलाई नकारात्मक असर पार्ने विभिन्न कारणहरूमध्ये अत्यधिक पर्वातारोहणको कारण थुप्रिएको फोहोर पनि रहेको सर्वोच्चको ठहर छ। सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा, लाङटाङ, माछापुच्छ्रे, मकालुलगायत हिमाली क्षेत्र र तिनका आधार शिविरमा व्यापक रूपमा पर्वतारोहीको आगमनले यी क्षेत्रको संरक्षण तथा हिमालहरूको अस्तित्वमा नै असर गरेको सर्वोच्चले औँल्याएको छ।

सरकारले नेपालमा रहेका ४ सय १४ चुचुराको आरोहणका लागि अनुमति प्रदान गर्छ। पर्यटकहरूको आगमन नेपालको लागि निकै महत्त्वपूर्ण विषय भए पनि हिमालजस्तो संवेदनशील क्षेत्रमा पर्वतारोहणबाट हुने असरहरूको व्यवस्थापन नहुँदा यसले नकारात्मक परिणाम निम्त्याइरहेकोमा सर्वोच्चले चिन्ता व्यक्त गरेको छ।

हिमालको तापक्रम सामान्यतः शून्य डिग्री सेल्सियसभन्दा कम हुँदा पुरिएको जैविक फोहोर सड्न लामो समय लाग्ने र प्रदूषण बढाइरहने भएकाले कतिपय हिमाल पग्लिएका ठाउँ नै फोहोरका थुप्राजस्ता देखिन थालेका भन्दै सर्वोच्चले विश्व सम्पदा सूचीमा रहेका हिमशृंखलाको यस हालतले अन्तर्राष्ट्रियस्तरमा नेपालको छविसमेत नकारात्मक बन्न जाने चिन्ता पनि व्यक्त गरेको छ।

सर्वोच्चको आदेशमा लेखिएको छ, ‘हिमाल र हिउँको चरित्र नबुझी सफाइलाई बुझ्न सकिन्न। हिउँ पग्लिँदै जाँदा फोहर देखिन्छ। जति फोहर देखिन्छ, त्यति मात्र सफा गर्न सकिन्छ। तसर्थ सफाइ निरन्तर गर्नुपर्छ।’ नेपाली सेनाले अहिले हिमाल सफाइ अभियान संचालन गरिरहेको छ । यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाईहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ । अभियान वि.सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने छ ।

Tags: #आरोहणमा सीमा#हिमाल आरोहणमा सर्वाेच्चको लगाम

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.