नेपालीलाई आइतबारदेखि चीन जान निःशुल्क भिसा

२० वैशाख , काठमाण्डौ।
नेपालीका लागि चीन प्रवेश गर्न निःशुल्क भिसा दिने घोषणा गरेको चीनले आइतबारदेखि यसको कार्यान्वयन गर्ने भएको छ । चीनले नेपाली नागरिकलाई अर्को सातादेखि निःशुल्क भिसा उपलब्ध गराउने भएको छ । चीन सरकारले नेपालीका लागि निःशुल्क भिसाको निर्णय बुधबारदेखि लागू गरे पनि शुक्रबारसम्म चीनको सार्वजनिक बिदा परेका कारण अर्को सातादेखि कार्यान्वयनमा आउनेछ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको औपचारिक चीन भ्रमणमा भएको दुईपक्षीय सहमति चीनले कार्यान्वयन गर्न लागेको हो । मजदुर दिवसको बिदाका कारण काठमाडौंस्थित चिनियाँ भिसा आवेदन केन्द्र शुक्रबारसम्म बन्द रहनेछ । ‘अब नियमित प्रक्रियाबाट चिनियाँ भिसा प्राप्त गर्न नेपालीले पैसा तिर्नुपर्दैन । दु्रत सेवा (नियमित समयभन्दा अघि भिसा लिन चाहेमा)का लागि मात्रै शुल्क तिर्नुपर्छ,’ काठमाडौंस्थित चिनियाँ दूतावासका एक अधिकारीले भने, ‘स्ट्यान्डर्ड र ग्रुप भिसा भनेर छुट्याएका छौँ ।

स्ट्यान्डर्ड भिसाका लागि एक्सप्रेस वानअन्तर्गत चार हजार रुपैयाँ र एक्सप्रेस टुअन्तर्गत दुई हजार सात सय रुपैयाँ भिसा शुल्क तोकिएको छ । गु्रप भिसाका लागि एक्सप्रेस वानमा दुई हजार र एक्सप्रेस टुमा जम्मा एक हजार ३५० रुपैयाँ तिर्नुपर्नेछ । नियमित प्रक्रियाअन्तर्गत आवेदकले चिनियाँ भिसा एक साताभित्रै पाउनेछन ।

Advertisement

‘परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणका क्रममा चिनियाँ नेताहरूसँग भएका छलफलअनुसार चीन पक्षले १ मेदेखि लागू हुने गरी मेनल्यान्ड चीनको भिसा शुल्क हटाउने निर्णय गरेको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारीसँगको भेटमा सन् २०१६ देखि नेपालले चिनियाँलाई नेपाल भ्रमण गर्दा भिसा शुल्क निःशुल्क गरेको जानकारी दिँदै नेपालले पनि यो अपेक्षा गरेको बताएका थिए ।

यसअघि २०२३ नोभेम्बरमा चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकका लागि भिसा निःशुल्क गरेको थियो । एक वर्षका लागि त्यसलाई परीक्षणमा राखिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

सम्बन्धित समाचार

Scroll to Top