Nepal Times
Nepal Times
3
Shares

जापानका ९ मिलियन घर खाली, कहाँ गए जापानी ?

जापानका ९ मिलियन घर खाली, कहाँ गए जापानी ?

२१ वैशाख , एजेन्सी ।

जापानमा खाली घरहरूको संख्या अक्टोबर २०२३ सम्ममा ९ मिलियन पुगेको छ ।

जुन २०१८ मा गरिएको अघिल्लो सर्वेक्षणको तुलनामा ५ लाख १० हजारले बढेको हो ।

यो संख्याले पनि देशको कुल घर संख्याको १३.८ प्रतिशत खाली घर रहेको बताइएको छ ।

सात घरमध्ये एक घर खालि छन् । ९ मिलियन खाली घरहरू मध्ये ४.४३ मिलियनमा अधिकांश भाडामा उपलब्ध छन् ।

जबकि ३ लाख ३० हजार बिक्रीको लागि छन् र ३ लाख ८० हजार खाली दोस्रो घरहरू जस्तै छुट्टी घरहरू छन् ।

बाँकी ३.८५ मिलियनको स्थिति अज्ञात छ । अघिल्लो सर्वेक्षणको तुलनामा ३७ लाख ले बढेको छ ।

सन् १९४८ देखि प्रत्येक पाँच वर्षमा आवास तथा जग्गा सर्वेक्षण गरिन्छ । १९७३ मा खाली घरहरूको संख्या १.७२ मिलियन थियो ।

सन् १९९३ मा यो संख्या ४.४८ मिलियन पुगेको थियो र विगत ३० वर्षमा दोब्बर भएको आन्तरिक मन्त्रालयको तथ्यांकले देखाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.