×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026

शीर्ष नेताहरुको चर्काचर्कीबीच कसरी होला सहमति ?

३ जेष्ठ २०८१

३ जेठ ,काठमाण्डौ ।

आज विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ । यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो ।

Advertisement
Advertisement

उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ । तर संसदीय छानबिनका लागि सत्तारूढ दलहरू तयार नहुँदा सदन चल्न सकेको छैन ।

यद्यपी संसद्मा जारी अवरोध हटाउन शीर्ष नेताहरू अन्तिम कसरतमा जुटेका छन् । आज दिउँसो पनि बालुवाटारमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरूबीच सदनको अवरोध हटाउनेबारे छलफल भएकोे छ । जारी छलफलबाट निष्कर्षमा पुग्ने प्रयास गरिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

उनले सहमति हुने चरणमा छलफल अघि बढेकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक पनि केही ढिला सुरु गर्न सभामुखलाई भनेका हुन् । यता सभामुखले भने बानेश्वरमा नै कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभाुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।

काँग्रेसले सहकारी प्रकरणमा छानविन समिति नबनाई संसद चल्न नदिने अडान लिएपछि एमालेले पनि कांग्रेसले बलमिच्याई गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ । त्यसैले यदी कुनै सहमति भएन भने आजको संसदमा मुठभेडको संकेत देखिएको थियो । कांग्रेसले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची थियो।

तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरे । जसका कारण राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव नै सदनमा पेस हुन सकेन । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको कांग्रेस त्यसका अलावा गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको संलग्नता देखिएको बताउन थालेको छ ।

आफूविरुद्ध आक्षेप लगाउन थालेको भन्दै ओलीले कांग्रेसले कमिशन खाएर ७० विघाहा जमिन बेच्न दिएको आरोप लगाएका छन् । उनले आफ्ना सांसदलाई कांग्रेसको मिथ्या आरोपप्रति संसदमा सशक्त प्रतिवाद गर्न सांसदहरुलाई चेतावनी दिएका छन् । यता कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।

उनले अदालतले फैसला गरेपछि गिरीबन्धु टि–स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति? भन्दै प्रश्न गरे । उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए । देउवाले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताए ।

यता रास्वपाका सभापति रवि लामिछाने भने आफूले संसदमा बोल्न पाउनुपर्ने अडान राखिरहेका छन् । यसैबीच प्रधानमन्त्रीसंगको आजको छलफलपछि कांग्रेस अवरुद्ध संसद् खुलाउन तयार भएको छ । यो सँगै आजै दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध नगर्ने कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

‘पहिला उहाँ (गृहमन्त्री) बोल्नुहुन्छ, त्यसपछि हाम्रो कोही साथीले बोल्नुहुन्छ, त्यही अनुसार सहमति बनेको छ,’ खतिवडाले भने । यसले सत्तारुढ दल र प्रमुख प्रतिपक्षको अडानले दुई महिनादेखि बन्धक बनेको संसद आज भने सुचारु हुने संकेत मिलेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top