२० जेठ , विराटनगर ।
विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पुनः स्वास्थ्य बीमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले नोबेलसहित १० वटा मेडिकल कलेज र २ वटा अस्पताललाई स्वास्थ्य बीमा प्रदायकको रुपमा सूचीकृत गरेको छ। सम्झौतासंगै नोवेलमा स्वास्थ्य बीमा संचालन सुरु हुने निश्चित भएको हो ।
सम्झौतामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका थिए । पूर्वी नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोवेल शिक्षण अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमा सुरु हुने भए पछि पूर्वी नेपालका स्वास्थ्य बीमामा आवद्ध विरामीहरुले खुशी व्यक्त गरेका छन् । यसअघि पनि नोवेलमा यो सुविधा भएपनि सरकारबाट भुक्तानी नभएको भन्दै नोवेलले यो सुविधा हटाएको थियो ।