रविसँग काँग्रेसले फेरि खोज्यो नैतिकता

२५ जेठ ८१, शनिबार

२६ जेठ, काठमाण्डौ।

Advertisement

नेपाली काँग्रेसले रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि फेरि नैतिकताको प्रश्न उठाएको छ । काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको भन्दै रविमाथि प्रश्न उठाएका छन् ।

पौडेलले ७३ लाख जनता जोठिएको सहकारी ठगी प्रकरणलाई कांग्रेसले निर्णायक मोडमा पु¥याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले यो मुद्दा संसद्मा नउठाएको भए पीडितहरूले न्याय पाउने अवस्था नहुने भन्दै यस्तो बताएका हुन् । कांग्रेसले सशक्त ढंगबाट संसदमा सहकारी मुद्दा उठाउँदा साना पार्टीबाहेक कुनैपनि ठुला दलले नउठाएको उनले बताए ।

Advertisement

सत्तालाई सम्पूर्ण रूपमा दुरुपयोग गरेर सहकारीको मुद्दा उठ्न नदिने, गुपचुप गर्न, ढाकछोप गर्न र प्रमाण लुकाउन वर्तमान सत्ता गठबन्धन लागेको नेता पौडेलको आरोप छ । उनले भने,‘त्यसैले समिति गठन गरेर छानबिन गर्न खोजेको हो।’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै पौडेलले नैतिकता व्यक्तिसँग निर्भर हुने कुरा रहेको समेत बताए ।

संसदीय समिति गठन गर्दा जसमाथि छानबिन गर्न खोजिएको हो, उसलाई राजीनामा दिनुपर्दैन भनेर फकाएर समिति बनाउनु परेको पनि पौडेलले दाबी गरे । ‘तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ,’ कार्यक्रममा अगाडि बोल्दै सांसद पौडेलले भने,‘राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो।’कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा आफ्नो केही नलाग्ने उनले बताए।

Advertisement

‘संसदले छानबिन समिति गठन ग¥यो। त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो। प्रतिगामी विषय हो,’ उनले भने । जसमाथि छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने खालको परिस्थितिलाई कांग्रेसले अन्त्य गरेर छाड्ने उनले दाबी गरे । यता महामन्त्री गगन थापाले भने एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए ।

उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए । यता ओलीले भने आफ्नो उक्त टिप्पणी सच्याएका छन् । यसबारे संचारकर्मीले राखेको जिज्ञासामा ओलीले भनेका छन्, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’

तर यसअघि भने ओलीले शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री भएको भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति सामाजिक सञ्जालमा पनि निकै भाइरल भएको थियो । जसबारे मन्त्री श्रेष्ठ स्वयंले पनि प्रतिवाद गरेकी थिइन् । यस्तै रास्वपा सभापति रवि र सांसद शिशिर खनालले पनि प्रतिवाद गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top