×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

कोलम्बिया क्वाटरफाइनलमा, ब्राजिलको सम्भावना कायमै

१६ असार २०८१

१५ असार,  एजेन्सी ।

कोपा अमेरिका फुटबलमा कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटरफाइनलमा पुगेको छ । आज बिहान एरिजोनामा भएको खेलमा कोलम्बियाले कोस्टारिकालाई तीन गोलले हराउँदै एक खेल अगाडि नै अन्तिम–८ मा पुगेको हो । समूह ’डी’मा कोलम्बिया दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

कोलम्बियाले खेलको ३१ औं, ५९ औं र ६२ औं मिनेटमा गोल गर्यो । यही समूहको आज भएको अर्को खेलमा ब्राजिलले पाराग्वेलाई ४–१ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गर्यो । पाराग्वे खेलको ८१ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै ब्राजिल दुई खेलमा चार अङ्कका साथ समूहको दोस्रो स्थानमा छ । एक अङ्क रहेको कोस्टारिका तेस्रो र अङ्कविहिन पाराग्वे पुछारमा छ । समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे खेल्नेछन्। यसअघि साविक विजेता अर्जेन्टिना, भेनेजुएला र उरुग्वे एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् । यसबीच अर्जेन्टिनी स्टार लियोनल मेस्सीले समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा आइतबार बिहान पेरुसँग खेल्ने तालिका छ ।

तर अघिल्लो खेलमा चोट बोकेका मेस्सीले पेरुविरुद्धको खेल गुमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत २५ जुनमा मेटलाइफ स्टेडियममा चिलीविरुद्धको खेलमा मेस्सीले चोट बेहोरेका थिए । उनको चोट धेरै संवेदनशील नभए पनि उनलाई आराम दिन लागिएको हो ।

सो खेलमा मेस्सीले पूरै ९० मिनेट मैदानमा बिताएका थिए । पेरुमाथिको जितसँगै अर्जेन्टिना यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । ३७ वर्षीय मेस्सीले पछिल्लो केही वर्षदेखि मांसपेशीमा समस्या भोगिरहेका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top