×

NEPAL TIMES UPDATES

Playing
अर्थतन्त्र उकास्ने कस्तो छ स्वर्णिमको’मास्टरप्लान’ ?ऋणमा देश ब्याज तिर्नै सकस || Nepal Times
Apr 28, 2026
Playing
‘सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि’ जारी, के छ व्यवस्था ? || Nepal Times
Apr 28, 2026
Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026

मौद्रिक नीतिबारे के भन्छन् ओली र उनका सल्लाहकार ?

४ श्रावण २०८१

४ साउन , काठमाण्डौ ।

आज सार्वजनिक गरिने भनिएको मौद्रिक नीति कारणवश रोकिएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो । केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको बताइएको छ ।

Advertisement
Advertisement

यसअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए । राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले हिजो पारित गरेको मौद्रिक नीति आज बिहान सञ्चालक समितिले अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

आज राष्ट्र बैंक सञ्चालक समितिको वैठक बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बसेको छ । तर, मौद्रिक नीति सार्वजनिक हुने सम्भावना टरेको छ । मौद्रिक नीति पारित गर्ने एजेन्डा आजको वैठकबाट हटाइएको समेत बताइएको छ । हिजो प्रधानन्त्री केपी शर्मा ओली र डा. खतिवडाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर मौद्रिक नीतिको व्रिफिङ लिएका थिए ।

सोही व्रिफिङमा डा. खतिवडाले केही संसोधनको आवश्यकता औंल्याएका थिए । राष्ट्र बैंकका भुतपुर्व गभर्नर समेत रहेका डा. खतिवडा मौद्रिक नीतिका विज्ञ हुन् । यद्यपी उनले मौद्रिक नीति रोक्न आफूले निर्देशन नदिएको बताएका छन् । तर नयाँ बनेको सरकारले आफ्ना कुराहरु समावेश गर्न चाहनु स्वभाविक हुने उनको प्रतिक्रिया छ ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले नवनिर्मित केन्द्रीय कार्यालय भवनको सभाहलमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको थियो । १० वर्षपछि आफ्नै भवनमा राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको बताए ।

उनले भने, ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो । म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ । त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ ।’ करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने धारणा राख्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिएका छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top