Nepal Times
Nepal Times
3
Shares

worldwide server down बैंकदेखि उडानहरू सम्म ठप्प

worldwide server down  बैंकदेखि उडानहरू सम्म ठप्प

४ साउन , एजेन्सी ।

माइक्रोसफ्टको सर्भर एक्कासी ठप्प भएपछि विश्वभरका सेवाग्राही यसका कारण समस्यामा परेका छन् । जसका कारण बैंकदेखि एयरलाइन्स सबै ठप्प भएको छ । ब्लू स्क्रिन अफ डेथ (बीएसओडी) त्रुटि प्रयोगकर्ताको स्क्रिनमा आउँदैछ। त्रुटिका कारण मानिसहरूले ल्यापटप खोल्ने बित्तिकै निलो स्क्रिन देखिरहेका छन्।

यसका कारण विश्वभरका मानिसले समस्या भोगिरहेका छन् । क्लाउड सेवा अवरोधका कारण यो त्रुटि देखा परेको छ। माइक्रोसफ्ट विन्डोजमा भएको यो समस्याका कारण संसारभरका सेवाग्राही प्रभावित बनेका छन् । उडानहरु समेत रद्द गरिएको छ । तर, यसलाई हटाउन निरन्तर काम गरिरहेको माइक्रोसफ्टले बताएको छ ।

वास्तवमा यो सम्पूर्ण समस्या माइक्रोसफ्टको क्लाउड सेवाका कारण उत्पन्न भएको हो । माइक्रोसफ्टसँग काम गर्ने क्राउडस्ट्राइक टोलीले यो समस्यालाई स्वीकार गरेको छ। साथै यो समस्याको मुख्य कारण पनि पत्ता लागेको छ । यसमा धेरै परिवर्तन पनि भइरहेको छ । सेवाग्राहीले ल्यापटप लगायतका सिस्टम मर्मत गर्न केहि फरक गर्न आवश्यक छैन।

कम्पनीले यसलाई समाधान गर्ने उपायहरू पनि बताएको छ। तपाईंले पहिले ध्ष्लमयधक क्बाभ ःयमभ वा फेरि ध्ष्लमयधक च्भअयखभचथ भ्लखष्चयलmभलत मा बुट गर्नुपर्नेछ। यसपछि तपाईले ऋः्ध्ष्लमयधक्क्थकतझघद्द्मचष्खभचक्ऋचयधमक्तचष्पभ मा जानुपर्छ। यहाँ ऋ–ण्ण्ण्ण्ण्द्दढज्ञ८.कथक फाइल खोज्नुपर्छ।

यो फाइल फेला पारेपछि, तपाईंले यसलाई मेटाउनु पर्छ। यसो गरेपछि तपाईले साधारण फाइल मेटाउनु पर्छ। यी चरणहरू पालना गरेपछि तपाईंले यसलाई रिबुट गर्नुपर्नेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.