×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

एसिया कपमा नेपालको पहिलो ऐतिहासिक जित

४ श्रावण २०८१

४ असार, काठमाण्डौ ।
श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएई लाई ६ विकेटले हराएको हो ।

श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् । एसिया कपमा तेस्रोपटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो ।

टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।वुमन्स एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो ।

सम्झना टी–२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौं नेपाली खेलाडी बनेकी छन् । यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए । आठ टोलीलाई प्रारम्भिक राउण्ड रोबिन चरणमा चार–चार जनाको दुई समूहमा राखिएको छ ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल जुलाई २८ मा डम्बुलाको रङ्गिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। समूह १मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स रहेका छन् भने समूह २मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

अब नेपालले आफ्नो दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्नेछ भने समूह चरणमा भारतसँग जुलाई २३ मा खेल्नेछ । नेपालले करिब आठ वर्षपछि महिला एसिया कपमा सहभागी भएको हो ।

नेपाली महिला क्रिकेट टिमले यसअघि दुई पटक एसिया कपमा प्रतिस्पर्धा गरिसकेको छ। सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एसिया कपमा ‘डेब्यु’ गरेको थियो। २०१६ को संस्करणमा पनि सहभागिता जनाउँदै नेपालले थप महादेशीय अनुभव प्राप्त ग¥यो।

दुई संस्करणमा सहभागी भएपनि नेपालले एसिया कपमा जित निकाल्न सकेको थिएन । सन् २०१२ को एसिया कपमा बंगलादेश, चीन र श्रीलंकासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो।

त्यसैगरि ‘राउन्ड रोबिन’ आधारमा खेलाइएको २०१६ को एसिया कपमा नेपाल पाँच खेलमा जितविहीन बन्दै घर फर्केको थियो।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top