×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

इजरेल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको खतरा

१३ श्रावण २०८१

१३ साउन, एजेन्सी ।

इजरायलको कब्जामा रहेको सिरियाको दक्षिण पश्चिम क्षेत्र गोलान हाइट्समा रकेट आक्रमण भएको छ । जसमा परि १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । त्यहाँको एक फुटबल मैदानमा रकेट आक्रमण भएको हो । जसमा १० जनाभन्दा बढी घाइते पनि भएका छन् ।

Advertisement
Advertisement

इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाएको छ । तर हिजबुल्लाहले यो दाबी अस्वीकार गरेको छ । यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ ।

गत वर्ष अक्टोबरमा इजरायल–गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ । गोलान हाइट्सको घटना अक्टोबर ७ मा इजरायल–गाजा युद्ध शुरु भएपछि इजरायलको उत्तरी सिमानामा सबैभन्दा धेरै ज्यान गएको घटना हो । यसैबीच इजरायलले गाजाको एक विद्यालय नजिक गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

घटनामा एक सय जना घाइते भएका छन् । यो आक्रमण अमेरिकामा बेन्जामिन नेतन्याहूले गाजामा युद्ध अन्त्य गर्न आफू तयार रहेको भन्ने संदेश दिएपछि भएको हो । इजरायली सेनाले विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । गाजाको नागरिक प्रतिरक्षा निकायले विद्यालयमा शरण लिएका झन्डै चार हजार विस्थापित मानिस बसिरहेको बताएको छ

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top