NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध शुक्रबार अशोज ३ , २०८२
नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ? शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना शुक्रबार अशोज ३ , २०८२
ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’ शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ? शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

एक रुपैयाँ चन्दा उठाएर पाइलट, सपना यसरी पनि पूरा हुन्छ

मङ्लबार साउन २९ , २०८१
Reading Time: 1 min read
A A
एक रुपैयाँ चन्दा उठाएर पाइलट, सपना यसरी पनि पूरा हुन्छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ साउन , विराटनगर ।

सपना रातमा पनि देखिन्छ, दिनमा पनि । भनिन्छ सपना देख्नेहरुले मात्रै लक्ष्य हासिल गर्न सक्छन् । आफ्नै जीवनकालमा मानिसहरुले यथासम्भव परिवर्तन भोग्न पाउन् भनेर लक्ष्य किटान गरेर यात्रा गर्नु र त्यो लक्ष्य पूरा गर्न दिनरात एक भएर लाग्नु नै परिवर्तनकारीले देख्नुपर्ने सपना हुनुपर्छ। आफ्नो गन्तव्य, लक्ष्य वा जीवनप्रतिको आशा, भविष्यको निम्ति संगालिने आकांक्षाको अर्थमा मानिसले सपनालाई प्रयोग गर्ने गरेका छन्।

यसैले भनिन्छ सपनाविहीन मानिस नै हुँदैनन्। मेरो जीवन यस्तो हुनेछ, अथवा म यस्तो बन्नेछु जस्ता आकांक्षा मान्छेले संगाल्छ, त्यो नै वास्तविक जीवनको सपना हो। जसलाई पूरा गर्न मानिसले दृढ इच्छा शक्तिका साथ योजनावद्ध रुपमा कर्मवीर बनेर आफ्नो मिहिनेतलाई नै विश्वास गर्नुपर्ने हुन्छ ।यस्तै सपना देखेर त्यो सपना पूरा गर्ने बाटोमा लम्किरहेका एक युवा हुन् दीपेन्द्र घिसिङ ।

दीपेन्द्र परिवारको आर्थिक अवस्था दयनीय भएकै कारण सानैदेखिको पाइलट बन्ने सपना साकार गर्न एक रुपैयाँ अभियान सञ्चालन गरेका युवा हुन् । दोलखाको बैतेश्वर गाउँपालिका–२ मूलाबारीका दीपेन्द्र घिसिङले पाइलट पढ्नका लागि भन्दै एक रुपैयाँ अभियानमार्फत् सहयोग संकलन गरेका छन् । यही अभियान मार्फत नै उनले ७० लाख भन्दा बढी सहयोग संकलन गरेका छन् ।

पाइलट पढ्नका लागि आवश्यक बजेट जुटाइसकेका घिसिङलाई उनको सपना पूरा गर्ने अवसर पनि अमेरिकाले जुटाइदिएको छ । उनको अमेरिकी भिसा स्वीकृत भएको छ । यो खुशीको अबसर दीपेन्द्रले सामाजिक संजालमार्फत साटेका छन् । उनी आफू पाइलट बनेर नेपाल त आउने नै छन् । यस अवधिमा उनले आफू जस्तै विद्यार्थीहरुका सपना पूरा गर्न पनि लाग्ने बताएका छन् ।

उनले लेखेका छन्,

अन्त्यन्तै खुसीको खबर !!
अन्तत ः अमेरिकाले मेरो पाइलट अध्ययनको लागि भिसा स्वीकृत गरेको छ भिसासंगै अब मेरो पढाइको लागि सबै बाटो खुलेको छ। म भन्दा भाग्यमानी अरु को हुन सक्ला त यो क्षणमा जब , भिसा अफिसरले समय लिएर ध्यानपूर्वक मेरो “ अध्ययनका लागि १ रुपियाँ अभियान “ को बारेमा सुनेर बसे र अभियानकै कारण सजिलै भिसा पनि पाएँ । जाने वेला उहाँले सोध्नुभयो ,आगामी पाँचवर्षमा आफूलाई कहाँ देख्छौ भनेर । मैले जवाफ दिएँ “ म नेपाली ध्वजावाहक नेपाल वायुसेवाको जहाज उडाइरहेको हुन्छु , सारा नेपालीको “ हाम्रो पाइलट “ हुनेछु र सबैलाई पढ्न , अधि बढ्न प्रेरित गर्दै अरु म जस्तै विद्यार्थीको लागि अभियान चलाउँदै गरेको हुन्छु “ अखिर हामीले कहिल्यै हार मान्नु हुँदैन रहेछ र सधैँ कर्म र मिहिनेतमा विश्वास गर्नुपर्छ अनि आफ्नो कमजोरीलाई नै आफ्नो तागत बनाउनुपर्छ । सबैलाई धन्यवाद शब्दमा होइन , आफ्नो कामले दिनेछु ।

दोलखाको विकट गाउँ मूलाबारीमा जन्मेका दीपेन्द्र सानै छँदा उनका बुवाले दोस्रो बिहे गरे। त्यसपछि उनी आमासँगै मामाघरमा बस्न थाले। त्यहीँको बोर्डिङ पढ्न थाले। आफ्नो पढाइको लागि आमाले धेरै दुःख गरेको सम्झिँदै उनले भने, ’आमाले मेरो लागि धेरै दुःख गर्नुभएको छ। त्योबेला अरूको छोराछोरी बोर्डिङ पढेको देखेर मलाई पनि बोर्डिङ नै पढाउनुभयो। मलाई पढाउनका लागि उहाँ रक्सी बेच्नुहुन्थ्यो। रक्सी बेच्नका लागि उहाँ दुई तीन घण्टाको बाटो हिँड्नुहुन्थ्यो।’

आमाको दुःख बुझेका दीपेन्द्र सानैदेखि नै पढाइमा तेज थिए। आठ कक्षासम्म गाउँमै पढेका उनी त्यसपछि भने काठमाडौं आफन्तकहाँ बसेर पढ्न थाले। लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयबाट २०७४ सालमा एसइई दिएका उनी ३.७५ जिपिए, ’ए प्लस’ ल्याएर उत्तीर्ण भए। एसइईमा राम्रो अंक आएपछि उनले विज्ञान विषय लिएर पढ्ने सोच बनाए।

उनले यो कुरा आमालाई सुनाए। तर आमा त्यतिबेला दोस्रो बिहे गरेर अर्काको घर गइसकेकी थिइन्। त्यसपछि उनले बुवासँग कुरा राखे। उनी बुवा र कान्छी आमासँग बसेर पढ्न थाले। उनले बौद्धकै अरुणिमा कलेजमा भर्ना गरे। सुरूका केही दिन उनलाई बुवा र कान्छी आमा दुबैबाट राम्रो व्यवहार भयो। तर उनकै विषयमा बुवा र कान्छी आमाबीच खटपट सुरू भयो ।

त्यसपछि उनी आफै कोठा भाडामा लिएर बस्न थाले। कोठामा बस्न थालेपछि उनी एउटा स्कुलमा पढाउन थाले। जसल उनको क्याम्पसको पढाइ रोकियो । उनी कोठाभाडा तिर्न र खाना स्कुल र रेस्टुरेन्टमा काम गर्न थाले । पछि कोरोनाकालमा जसोतसो गरेर कलेजको शुल्क बुझाएपछि उनले परीक्षा दिन पाए ।

जुन परीक्षामा उनले ३.२२ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण गरे। त्यसपछि पाइलटको सपना पूरा गर्ने लक्ष्यमा उनी जुटे । तर त्यसका लागि चाहिने पैसा जुटाउनु नै उनका लागि सबैभन्दा ठूलो चुनौतीको पहाड बन्यो । उनले तीनै तहका सरकार धाए । तर छात्रबृत्ति डाक्टर र इन्जिनियरका लागि मात्रै पाइने भएकाले उनले पाइलट पढनका लागि कतैबाट सहयोग पाएनन् ।

यद्यपि उनले आफ्नो सपना भने टुट्न दिएनन् । यस्तो अवस्थामा नै उनले ’एक रुपैयाँ अभियान’ को सुरुवात गरेका थिए । उनले योजना बनाएको केही महिनापछि सामाजिक संजाल फेसबुकमार्फत एक रुपैयाँ अभियानको घोषणा गरेका थिए । उनले अभियान सुरु गरेको ४ महिनामै ६१ लख सहयोग संकलन गरिसकेका थिए ।

Tags: #अमेरिकी भिसा#चन्दा उठाएर पाइलट#सपना

लोकप्रीय

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२

विचार

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२

थप समाचार

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने
ताजा समाचार

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?
ताजा समाचार

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.