×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

३२ श्रावण २०८१

३२ साउन, विराटनगर ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् ।

Advertisement
Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी दिए ।

नियमित स्वास्थ्य परीक्षणका लागि भारत जाने तयारीमा रहेकी राणाको यो भ्रमणलाई भारत सरकारले ‘औपचारिक’ बनाउने तयारी गरेको छ ।

डा. राणाको १५ चैत ०८० मा नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा हाइपर पाराथोरोडिज्मको शल्यक्रिया गरिएको थियो ।

नियमित स्वास्थ्य परीक्षणका लागि फेरि नयाँदिल्ली जानुपर्ने भएपछि भारतीय पक्षले उनको भ्रमणलाई औपचारिक रूप प्रदान गर्न लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणा व्यक्तिगत स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने तयारीमा थिइन् । यो कुराको जानकारी पाएपछि राणाका भारतीय समकक्षी भारतीय विदेशमन्त्री डा. एस जयशंकरले औपचारिक निमन्त्रणा पठाएका थिए ।

Advertisement

परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top