×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने

६ भाद्र २०८१

६ भदौ , विराटनगर।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पोल्याण्डबाट युक्रेनको यात्रामा निस्कदैछन् । युक्रेन त्यही देश हो जुन भारतको परम मित्र रुसको शत्रु हो र अहिले दुईबीच युद्ध जारी छ । मोदी आज राती स्पेशल ट्रेनबाट यूक्रेनको राजधानी किभ पुग्नेछन् । यस विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो । यो सामान्य रेल होइन । यो लक्जरी सुविधा र विश्व स्तरीय सेवाको लागि विश्व परिचित छ ।

प्रधानमन्त्री मोदी १० घण्टाको यात्रापछि किभ पुग्ने छन् । उनीहरूलाई फर्किन त्यति नै समय लाग्नेछ । युक्रेनमा जारी युद्धका कारण एयरपोर्टहरू ठूलो मात्रामा बन्द छन् । सडक यात्रा जोखिमपूर्ण हुन सक्छ । यही कारणले गर्दा विश्वका ठूला नेता युक्रेन जाँदा रेल यात्रालाई प्राथमिकता दिन्छन् । यो बाँकी भन्दा सुरक्षित मानिन्छ ।

यो रेल विशेष गरी क्रिमियामा पर्यटकहरूको लागि डिजाइन गरिएको थियो । त्यसपछि रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो । त्यसबेला देखि यो विश्व नेता र भिआइपीलाई यात्राका लागि प्रयोग हुन थालेको हो । यो ट्रेन हतियारले सुसज्जित छ । यो एक धेरै सुरक्षित संचार प्रणाली छ । समय समयमा उच्च प्रविधियुक्त सुरक्षाकर्मीको टोलीले निरन्तर अनुगमन गरिरहेका हुन्छन् ।

यही कारणले गर्दा अहिलेसम्म यो ट्रेनको सुरक्षालाई लिएर कुनै गुनासो आएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत धेरै नेताले रेल फोर्स वनमा यात्रा गरेका छन् ।युक्रेन जाने अधिकांश नेता, पत्रकार र कूटनीतिज्ञ रेल वन फोर्सबाट मात्र यात्रा गर्छन्। यो एक ढिलो चलिरहेको लक्जरी ट्रेन हो, जुन रातमा चल्छ । यो पोल्याण्डबाट ६०० किलोमिटर यात्रा गरी कीभ पुग्छ ।

मोदी करिब ७ घण्टा किभमा रहनेछन् । यसक्रममा मोदीले राष्ट्रपति जेलेंस्कीसंग भेटवार्ता गर्ने बताइएको छ । भेटका क्रममा भारत र यूक्रेनबीच महत्वपूर्ण रक्षा खरिदबारे सम्झौता हुनसक्ने बताइएको छ । साथै युद्ध विरामका लागि पनि चर्चा हुनेसक्ने छ । गत महिनामात्रै मोदी र रुसी राष्ट्रपतिबीच मस्कोमा भेटवार्ता भएको थियो ।

रुसले मोदीलाई अर्डर अफ सेंट एंड्रयू द एपोस्टल द फर्स्ट–कलले सम्मानित गरेको थियो । सो बेलाको मोदीको मस्को भ्रमणबारे जेलेन्स्कीले भने निकै आलोचना गरेका थिए । आज भने उनले मोदीलाई किभमा स्वागत गर्दैछन् । नरेन्द्र मोदी यूक्रेनको भ्रमणमा निस्किएका बेला यता चिनियाँ प्रधानमंत्री ली कियांग पनि हिजो नै मस्को पुगेका छन् । उनले रुसी समकक्षी मिखाइल मिशुस्टिनसंग भेटवार्ता गरेका छन् । साथै राष्ट्रपति पुटिनसंग पनि भेट गरेका छन् ।

सो क्रममा रुसी राष्ट्रपतिले चीनसँग रुसको आर्थिक तथा व्यापारिक सम्बन्धले ‘परिणाम दिइरहेको’ बताए । क्रेमलिनमा बुधबार चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई स्वागत गर्दै उनले सो कुरा बताएका हुन् । युक्रेन द्वन्द्व सुरु भएयता मस्कोले बेइजिङलाई आर्थिक जीवनरेखाका रूपमा हेरेको छ । रुसले पश्चिमी मुलुकहरूबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेको यस अवधिमा दुवै मुलुकबीचको व्यापार उच्च रेकर्डमा पुगेको छ ।

‘हाम्रो व्यापारिक सम्बन्ध सफलतापूर्वक विकसित भइरहेको छ, दुवैतिरका सरकारले व्यापार र आर्थिक सम्बन्धमा ध्यान दिइरहेकाले परिणाम प्राप्त भइरहेको छ,’ पुटिनले लीसँगको बैठकमा भने, ‘हाम्रा राज्यहरूले आर्थिक र मानवीय क्षेत्रमा ठूलो मात्रामा संयुक्त आयोजना, परियोजनाहरूमा काम गरिरहेका छन्, हामीले आगामी धेरै वर्षको अपेक्षा गरेका छौं।’

मे महिनामा पुटिनले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका थिए । उनले उक्त साझेदारीलाई अराजक विश्वमा ‘स्थिरता गर्ने’ शक्तिका रूपमा प्रस्तुत गरेका थिए । चीन र रुसले सम्बन्ध बनाएर विदेशमा आफ्नो विश्वव्यापी प्रभावको प्रयोग गर्न खोजिरहेकाले पश्चिमी मुलुकहरूले विगत दुई वर्षमा दुवै मुलुकलाई बढ्दो चिन्ताका रूपमा हेरेका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभन्दा केही दिनअघि बेइजिङ र मस्कोले ‘कुनै सीमा नभएको’ साझेदारीको घोषणा गरेका थिए । यसैबीच चीनले सस्तो रुसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीलगायत विशाल प्राकृतिक स्रोतहरूमा पहुँचबाट लाभ हासिल गरेको छ । युक्रेनका साथै नेटोविरुद्ध पनि संघर्ष जारी राखेको रुसमा भारत र चीन को पुटिनको नजिक हुने भन्ने होड समेत चलेको देखिन्छ ।

यसैबीच महिना दिन जस्तो ग्यापमा रुस–युक्रेनको दौडाहामा नरेन्द्र मोदी निस्किदा यता युक्रेनले रुसभित्रै पसेर आफ्नो शक्ति प्रदर्शन गर्न थालेको छ । अब उसले पश्चिमा देशहरूबाट पहिलो खेपमा पाएको एफ–१६ लडाकु विमानहरू पनि प्रयोग गर्न लागेको छ । रुससँग युद्ध गरिरहेको युक्रेनले सन् २०२५ सम्ममा ६५ वटा त्यस्ता विमान प्राप्त गर्ने ठानिएको छ ।

दुई वर्षदेखि युक्रेनी नेताहरूले पश्चिमा देशहरूसमक्ष संयुक्त राज्य अमेरिकामा निर्मित लडाकु विमान उपलब्ध गराउन अनुरोध गर्दै आएका थिए । यद्यपि त्यस्ता विमानहरू निकै कम सङ्ख्यामा उपलब्ध गराइएकाले तिनको प्रयोगबाट रुसविरुद्धको लडाइँमा युक्रेनलाई ठूलो फाइदा पुग्न नसक्ने चिन्ता व्यक्त हुने गरेको छ ।

यसबीच यो युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको युक्रेनले दाबी गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी सन् २०२२ मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उल्लेख छ ।

गत साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ रुसी ट्याङ्क, १६ हजार ५४२ बख्तरबंद गाडी, १७ हजार २१६ आर्टिलरी प्रणाली, एक हजार १६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३२८, हेलिकप्टर, ३६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा बताएका छन् । साथै एक एक जहाज र पनडुब्बी ध्वस्त गरिएको युक्रेनले दाबी गरेको छ ।

यसैबीच मंगलबार १२ सय १० रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ । त्यस्तै रुसी सेनाले पनि सामाजिक सञ्जालमा मंगलबार मात्र २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । यता राष्ट्रपति जेलेन्स्कीका अनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले रुसको १२५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेका छन् ।

यसैबीच युक्रेनी सेनाले कुर्स्कमा बनेको तेस्रो पुल पनि भत्काएको छ । युक्रेनी वायुसेना कमाण्डर मिकोला ओलेशचुकले यसको पुष्टि गरेका छन् । अल जजीराका अनुसार यी सबै पुलहरू भत्किँदा रुसको आपूर्ति लाइनमा असर पर्ने उल्लेख छ । युक्रेनी अधिकारीका अनुसार युक्रेनले १५० भन्दा बढी रुसी नागरिकलाई बन्धक बनाएको छ । तीमध्ये अधिकांश सैनिक रहेको उल्लेख छ ।

यस्तो स्थितिमा रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न भन्दै मोदी पोल्याण्ड र युक्रेनको यात्रामा निस्किएका हुन् । किभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्ने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानमा दृष्टिकोण साझा गर्ने’ विज्ञप्तिमा उल्लेख छ । जेलेन्स्कीले पनि मोदीको भ्रमणका क्रममा ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताएका छन् ।

यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top