×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

कांग्रेस भित्र रविलाई थुन्नु पर्छ भन्ने को हो ? गच्छदारले मागे सभापति

७ भदौ , विराटनगर ।

देशको सबैभन्दा ठूलो प्रमुख सत्तारुढ दल नेपाली कांगे्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा नेताहरुले धारणा राखिरहेका छन् । आजको बैठकमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुन्नेदेखि शेरबहादुर देउवाको राजीनामा माग्ने, एमालेलाई प्रमुख प्रतिस्पर्धी ठान्ने र आरजुको ५ दिने भारत भ्रमणका विषय उठेका छन् ।

Advertisement
Advertisement

बैठकमा महामन्त्रीले सरकारमा जाने प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरुको समयावधि तोक्ने प्रस्तावको भने आलोचना गरिएको छ । राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्नुपर्छ भन्ने प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्नेगरी ल्याइएको भनेर चर्को विरोध भएको छ।

परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् ।

उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।

‘आउने कुरा भएको छ । तर डेटचाहिँ तोकिएको छैन’, उनले भनिन् । उनले दुई ठूला दल मिलेर सरकार बनेकामा त्यसलाई भारतले लालमोहर लगाइदिएको धारणा समेत राखिन् ।

‘लक्किली मोदीजीसँग पनि भेट भयो’ उनले अगाडि भनिन्, ‘सबभन्दा राम्रो कुरा चाहिँ के भयो भने दुइटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरुको कस्तो रेस्पोन्स हुन्छ भन्दा रेस्पोन्स राम्रो भएको यहाँ अवगत गराउन चाहन्छु ।’ दुई ओटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको उनले बताइन् ।

यस्तै भारतीय पक्षसँग टीआरसीका लागि सहयोग मागेको पनि उनले जानकारी दिइन् । आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै उनले डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबार मात्र आएको सुनाइन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्रीसँग शुक्रबार भेट भएको पनि उनले जानकारी गराइन् । ‘बीआरआईको मोडालिटीबारे कुरा गर्न खोज्नु भएको रहेछ, मैले हाम्रो पार्टीको यस्तो–यस्तो छ । हामीले पास गरेर दिइसकेका छौं । मोडलिटी के हुनसक्छ भन्छौं भनेको छु,’ परराष्ट्रमन्त्री देउवाले केन्द्रीय कार्यसमिति बैठकमा भनिन् ।

यस्तै बैठकमा चौथो ठूलो दल प्रतिपक्ष रास्वपाका सभापति लामिछानेलाई थुन्नु पर्ने समेत आवाज उठेको छ । केन्द्रीय समिति सदस्य जितजंग बस्नेत सहकारी ठगी र दोहोरो पासपोर्टमा मुछिएका लामिछाने र अर्का नेता स्वर्णिम वाग्लेमाथि खनिएका छन् ।

बस्नेतले लामिछानेलाई तत्काल पक्राउ गरी थुन्न गृहमन्त्रीलाई सुझाव समेत दिएका छन् । ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो ? सरकार र गृहमन्त्री हाम्रै छ । लामिछानेको दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि थुन्न के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो, उनलाई तुरुन्त थुनौं’, बस्नेतको भनाइ उधृत गर्दै एक नेताले भनेका छन् ।

बस्नेतले लामिछानेलाई पक्राउ नगर्ने हो भने राज्यले प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनसक्नुपर्ने बताएका थिए । त्यस्तै उनले अर्का नेता स्वर्णिम वाग्लेले देशहित विपरीत मनरो डक्ट्रीनबारे बोल्दा पार्टी चुप बसेकोमा पनि असन्तुष्टि जनाए ।

‘वाग्लेले मनरो डक्ट्रीनबारे बोल्दा पार्टी किन चुप ? के कांग्रेस जे हुँदा चुप लागेर बस्ने हो ?’, बस्नेतले प्रश्न गरेका छन् । कांग्रेस बैठकमा रविलाई थुन्नु पर्ने भन्ने माग भइरहदा उनी भने सहकारी प्रकरणमा संसदीय विशेष छानविन समितिमा बयान दिन पुगेका थिए ।

लामिछाने राजनीतिमा आउनु पूर्व ग्यालेक्सी टिभी संचालन गरेको गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकका रुपमा बयान दिन पुगेका हुन् ।यसैगरी कांग्रेस बैठकमा आजपनि हिन्दु राष्ट्रको आवाज पनि उठेको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि संकलित एक हजारभन्दा बढि महासमिति सदस्यहरुको हस्ताक्षरबारे के निर्णय भयो ? भन्दै प्रश्न गरेका छन् । ‘महासमिति सदस्यबाट भएको कुरालाई इग्नोर गर्न मिल्दैन’, भण्डारीको भनाइ छ ।

यस्तै नेता शशांक कोइरालाले भने सरकारबारे चिन्ता लिन नपर्ने भन्दै ८४ को निर्वाचनमा पार्टीको प्रतिद्वन्द्वी एमाले भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । ‘यो सरकार चल्छ । अब हाम्रो उद्देश्य के अब हुनुपर्छ भने ८४ को चुनाव हुनुपर्छ’, कोइरालाले भने, ‘जहाँ हाम्रो मुख्य प्रतिद्वन्द्वी हुन्छ एमाले । त्यसका लागि हामी कडाइका साथ उभिएर सङ्गठनतर्फ उभिनुपर्छ ।’

बैठकमा नेपालको वर्तमान राजनीतिमा निष्क्रिय जत्तिकै देखिएका नेता विजयकुमार गच्छदारले भने पार्टी सभापति शेरबहादुर देउवालाई नै निशाना बनाएका छन् । उनले देउवालाई अभिभावक भएर बस्न सुझाव दिएका छन् ।

‘सभापति ज्यु अब तपाई अभिभावक भएर बस्नुहोस् र तपाईसँगै पार्टीमा लडेर दुःख गरेको बलबहादुर केसी, बिमलेन्द्र निधि, प्रकाशमान सिंह वा पूर्णबहादुर खडकालाई सभापति बनाउनुहोस्’, गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भनेका छन् , ‘तपाईंले बनाउनुहुन्छ भने म पनि तयार नै छु ।’

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावको भने चर्को आलोचना भएको छ । बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ अपरिपक्व भएको टिप्पणी गरे । उनले शर्माको प्रस्तावको आलोचना गर्दै जनताले चाहेसम्म जो जति पटक पनि चुनाव लड्न र जिम्मेवारीमा पुग्नसक्ने तर्क गरे ।

महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्नुपर्छ ।

कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ ।’ प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

संस्थापन पक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्नेगरी प्रस्ताव ल्याइएको भनेर चर्को विरोध जनाइरहेका छन् ।महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले प्रस्तुत गरेको प्रतिवेदनमा देखिएको विवाद समाधान भएको छैन ।

सभापति देउवा महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गरेर पास गराउने तयारीमा छन् । महामन्त्रीद्वयले साउन अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए । महामन्त्रीद्वयको प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गते सम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो ।

महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए । यस्तै शर्माले ‘एक्जिट पोलिसी’को प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका छन् ।

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो ।

तर‚ महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडानमा सभापति देउवा सहित संस्थापन पक्ष छ । चुनावी गठबन्धन रणनीतिक भएको र एक्जीट पोलिसि विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ ।

Advertisement

सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको थियो । अब यो प्रस्तावको छिनोफानो यही बैठकले लगाउने छ । कांग्रेस केन्द्रीय समिति बैठकमा उठेका यी अनेक विषय माथि तपाईका विचार आवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top