NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित आइतवार कार्तिक ९ , २०८२
जेनजी आन्दोलनमा कलाकारले हिं सा भ ड्का एकै हुन त ? आइतवार कार्तिक ९ , २०८२
महाशक्ति अमेरिकासँग मैदानमा भिड्दै नेपाल आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !

बुधबार भदौ १२ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ भदौ, विराटनगर । 

विभिन्न सपना बोकेर विभिन्न सिलसिलामा नेपालबाट अमेरिका पुगेका नेपाली चेलीहरू दिनानुदिन असुरक्षित बन्दै गएका छन् । अगस्ट महिनामा मात्र अमेरिका बस्दै आएका दुई नेपाली चेलीहरूबारे दुःखद खबर सुन्नु परेको छ । यी घटनाले पनि त्यहाँ नेपाली चेली सुरक्षित नभएका हुन् कि भन्ने अड्कलबाजी गर्न सकिन्छ ।

अगस्टको सुरुतिर अमेरिकाको वासिङटन डिसीबाट हराएकी नेपाली नर्स ममताको काफ्लेको हत्या भएको प्रहरीले आशंका छ । तर अहिलेसम्म प्रहरीले उनको शव अझै फेला पार्न सकेको छैन ।

LS Auto

काभ्रेकी ममताले भारतको बैंग्लोर बसेर नर्सिङ पढ्दैगर्दा सामाजिक सञ्जालमार्फत् भएको चिनाजानीलाई विवाहमा परिणत गरेकी थिइन् । २०७७ मंसिरमा कञ्चनपुरका नरेश भट्टसँग विवाह गरेर उनी अमेरिका पुगेकी थिइन् ।

भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा ममता र नरेशबीच सम्बन्धमा आएको दरारका कारण ममता एकाएक गायब भइन् ।

विवाहको चौथो वर्ष पुग्दैगर्दा एक छोरीकी आमा रहेकी ममताको शव लुकाएको आरोपमा नरेश अमेरिकन प्रहरीको हिरासतमा छन् । उनको शव अहिलेसम्म भेटिएको छैन भने नाबालिका छोरी अभिभावकविहीन छिन् ।

यो घटनाको वास्तविकता र शोकबाट नेपालीहरूले उन्मुक्त हुन पाएकै छैनन् । ममताको माइती काभ्रेमा ठूलो शोक छ । ममताका पतिलाई कारबाही हुनुपर्छ भन्ने मागले अमेरिकाको सडक र नेपालको सदन तातेको छ ।

ममता बेपत्ताको एक महिना बित्न नपाउँदै सोमबार अर्की नेपाली चेलीको गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्ससमा बसेर अध्ययन गर्दै आएकी भोजपुर घर भएकी २१ वर्षीय मुना पाण्डेको गोली प्रहार गरी हत्या भएको हो ।

टेक्ससस्थित ह्युस्टन सहरमा रहेको एक कलेजमा अध्ययनरत मुनालाई अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ । ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर उनको हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । पाण्डेको छातीमा गोली लागेको पाइएको छ ।

अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेन्ट’ ले चिनिन्छ । पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । उनी सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको पुष्टि भएको छ । हत्याराले ओछ्यानमै गोली हानेको भिडियो हेर्दा सहजै अनुमान गर्न सकिने अमेरिकाबाट प्रकाशित हिमालय खबरले जनाएको छ । ओछ्यानभरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिबारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले बताएका छन् ।

मुनालाई तीनवटा गोली हानिएको थियो । ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ । सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरीदेखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुराँमा करिब एक वर्ष काम गरेकी थिइन् ।

त्यतिखेरका सहकर्मी र रेष्टुरेन्टका ग्राहकहरूले मुना निकै मृदुभाषी र असल व्यक्ति भएको प्रतिकृया दिएका छन् । २१ वर्षीया मुनाको नेपालमा आमामात्र छिन् । पछिल्लो समय मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैंले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । उनी केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको आशंका गरिएको छ । कोठाभित्र भेटिएका पुरुषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुषसमेत बस्ने शंका गरिएको बताइएको छ ।

अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।

मुनाका साथीहरूका अनुसार उनको फोन दुई दिनदेखि बन्द थियो । अपराध अनुसन्धानमा संलग्न अधिकारीहरुले लगेको सर्भिलेन्स भिडियोको सूचना र अटस्पी (पोष्टमार्टम) रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरू प्राप्त हुने अनुमान गरिएको छ ।

सोमबार साँझ घटनास्थलमा पुगेका र अनुसन्धान प्रक्रियामा अधिकारीहरुसँग सम्पर्कमा रहेका स्थानीय नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डा. विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ ।

डा. नेपालका अनुसार सबै प्रक्रिया सकिएर अस्पतालले शव हस्तान्तरण गर्न अझै केही दिन पर्खनु पर्ने हुनसक्छ ।

Tags: #अमेरिका #गोली प्रहार #नेपाली #मुना पाण्डे

लोकप्रीय

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

आइतवार कार्तिक ९ , २०८२

विचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

आइतवार कार्तिक ९ , २०८२

थप समाचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Breaking news

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

आइतवार कार्तिक ९ , २०८२
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 
ताजा समाचार

जेनजी आन्दोलनमा कलाकारले हिं सा भ ड्का एकै हुन त ?

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

आइतवार कार्तिक ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.