NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

ब्राजिलमा अलपत्र नेपाली अब कहाँ जान्छन् ?

बिहिबार भदौ १३ , २०८१
Reading Time: 1 min read
A A
ब्राजिलमा अलपत्र नेपाली अब कहाँ जान्छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ भदौ , एजेन्सी ।

ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साओ पाउलोस्थित ग्वारुलहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा १७६ जना नेपाली केही दिनदेखि अलपत्र अवस्थामा छन् । अमेरिका जान भनी मानव तस्करको पछि लागेर साओ पाउलो पुगेका उनीहरूलाई ब्राजिलको अध्यागमनले रोकेपछि अलपत्र परेका हुन् । ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए ।

ब्राजिल हुँदै तेस्रो मुलुक प्रवेश गर्न खोज्ने व्यक्तिहरूलाई ब्राजिलले कडाइ गरेको छ । ब्राजिलस्थित नेपाली दूतावासले पनि ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने यात्रीका लागि नयाँ नियम बनेको भन्दै नेपालीलाई सचेत गराएको छ । ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ । ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देस्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ’ दूतावासले भनेको छ, ‘संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ।’

मानव तस्करहरूको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन पनि दूतावासले आग्रह गरेको छ । तर यसबीच नै ब्राजिल विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका हुन् ।

यद्यपी ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको दूतावासले स्पष्ट पारेको छ । तर एक जना बिरामी परेर अस्पताल भर्ना गरिएको खबर पनि प्राप्त भएको छ ।

ब्राजिलको अध्यागमनले अवैध तरिकाले अमेरिका जाँदै गरेको नेपालीसहित ७ सय जनालाई साओ पाउलोमा रोकेको हो । साओ पाउलो विमानस्थलमा पुगेपछि उनीहरूले आफूहरू शरणार्थी भएको दाबी गरेपछि अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नेपाली अधिकारीहरूले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन् ।

मानव बेचबिखनसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले ब्रजिलमा अलपत्र परेका नेपाली नागरिकका आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको जनाएको छ । साओ पाउलो विमानस्थलमा अलपत्र परेका नेपालीहरूसँग पनि नेपाली अधिकारी र दूतावासले सम्पर्कको प्रयास भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताएका छन् । यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो । सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउने राई बताउँछन् ।

मानव तस्करले केहीलाई ब्राजिललाई ट्रान्जिट बनाएर बोलिभियातिर पठाउने गर्छन् । बोलिभियाले नेपाली नागरिकलाई ‘अन अराइभल भिसा’ दिने हुँदा मानव तस्करले अवैध तरिकाले अमेरिका लैजाने क्रममा जहाजमार्फत् ल्याटिन अमेरिकी राष्ट्र बोलिभिया पु¥याउने गर्छन् । बोलिभियादेखि पैदल, बस, ट्रक, ट्याङ्कर, डुङ्गामार्फत् नै यात्रा हुन्छ । यी सबै यात्रा लुकिछिपी हुनेगर्छ ।

यसपटक साओ पाउलोस्थित ब्राजिलको अध्यागमन कार्यालयमा अलपत्र रहेका नेपालीलाई बोलिभिया नपठाई ब्राजिलसम्म मात्र पठाइएको पाइएको राजदूत काफ्ले बताए । बेलाबखत ब्राजिलको अध्यागमनले बोलिभिया हिँडेका नेपालीलाई पनि आफ्नो देशमा रोक्ने गर्छ । ज–जसलाई ब्राजिलले रोक्छ उनीहरूलाई पहिले नै ‘शरणार्थी हुँ’ भन्न मानव तस्करले नै सिकाएका हुन्छन् ।

साओ पाउलोमा अलपत्र परेका नेपाली, भारतीय र भियतनामीहरूलाई खाना र बस्न राम्रो व्यवस्था नभएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । उनीहरूले शुद्ध पिउने पानी पनि पर्याप्त नपाएको जनाइएको छ । शरणार्थीको लफडा चलिरहेका बेला मानव तस्करले उनीहरूलाई पुनः सम्पर्क गरी अमेरिकाको यात्रामा अघि बढाउने गरेको यसरी अमेरिका पुग्नेहरूले बताउने गरेका छन् ।

संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू ब्राजिललगायतका देशमा पुग्ने गरेका छन् । तर गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पुग्ने प्रलोभनमा अधिकांश नेपालीहरू ठगिने गरेका छन् । यसरी अवैध तरिकाले अमेरिका जानेहरू प्रत्येकले मानव तस्करलाई ८० लाख रुपैयाँसम्म बुझाउने गरेको जानेहरू नै बताउने गर्छन् ।

मानव तस्करले नेपालीलाई सुरुमा काठमाडौंबाट भारत तथा युनाइटेड अरब इमिरेट् (यूएई) पु¥याउने गर्छन् । त्यसपछि ब्राजिल तथा बोलिभिया पु¥याउने गर्छन् । पछिल्ला समय केहीलाई यूएईबाट अफ्रिकी राष्ट्र हुँदै ब्राजिल तथा बोलिभिया पनि पु¥याउने गरेका छन् । मानव तस्करले ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइन्छ ।

ब्राजिलदेखि अमेरिकासम्मको यात्रामा अकल्पनीय पीडा बेहोर्नुपर्ने हुँदा केहीको यात्राका क्रममा बाटोमै मृत्यु हुने गर्छ । सन् २०२४ को जुलाइमा पनि साओ पाउलो पुगेका ४०० जना नेपाली र भारतीयले आफूहरू शरणार्थी भएको दाबी गरेका थिए । सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौं ठूलो संख्या नेपाली भएको देखाएको छ ।

जबकी अहिले नेपालमा न हिंसा छ न कुनै अस्थिरता नै । यो प्रतिवेदनले प्रत्येक वर्ष कति ठूलो संख्यामा नेपालीहरू अवैध तरिकाले ज्यान जोखिममा राखेर शरणार्थी बन्दै अमेरिका जाने गर्छन् भन्ने स्पष्ट देखाएको छ ।

Tags: #अमेरिका#ब्राजिल#शरणार्थी

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.