असोज १७ गतेदेखि विराटनगरको हिमालयन रोडमा विराट सडक महोत्सव हुने

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

मोरङको विराटनगर महानगरपालिका-९ स्थित हिमालयन रोडमा पुनः यसपालि विराट सडक महोत्सव हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रा.लि. ले आगामी असोज १७ गतेदेखि विराट सडक महोत्सवको आयोजना गर्ने भएको हो ।

मन्जिना मुभिजले विगत चार वर्षदेखि निरन्तर रूपमा आफ्नो संस्कृति, परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ विराट सडक महोत्सव गर्दै आएको छ ।

नेपालीहरूको महान् चाड विजया दशमीलाई लक्षित गर्दै यो वर्ष पनि दसैंमा असोज १७ देखि २३ गतेसम्म सातदिने विराट सडक महोत्सवको आयोजना गर्ने भएको हो ।

करिब ३० वटा विभिन्न जातिका खानाका स्टलहरूका साथै स्वदेशी उत्पादनका स्टल रहने मन्जिना मुभिज क्रियसनका संस्थापक जतिन ताम्राकारले जानकारी दिए । थप मनोरञ्जनका लागि हरेक साँझ साँस्कृतिक कार्यक्रम पनि रहने उनको भनाइ छ ।

‘दसैंमा आफ्नो घर विराटनगर फर्किनु हुने विराटनगरबासीको लागि र मनोरञ्जनको लागि अब कहीँकतै नजानु पर्दैन । महोत्सव अवलोकन गर्नका लागि प्रवेश निःशुल्क छ,’ उनले भने ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top