×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

रेस्लर विनेश फोगाट : जसले कांग्रेस पार्टी प्रवेश गर्न रेलवेको जागिर छोडिन्

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर ।

पेरिस ओलम्पिकमा उपाधि भिडन्तमा पुगेपछि अयोग्य घोषित् भएकी भारतीय पहलवान (रेस्लर) विनेश फोगाट स्वदेश फर्किएर भारतीय कांग्रेसमा प्रवेश गरेकी छन् ।

१०० ग्राम तौल बढी भएको भन्दै फोगाटलाई फाइनल खेलअघि नै अयोग्य घोषित् गरिएको थियो । फाइनल पुग्दा पनि कांस्य पदक जित्नबाट बञ्जित बनेकी उनले कुस्तीलाई ‘अलबिदा’ गरेकी थिइन् ।

सन् २००१ देखि २०२४ सम्म २३ वर्ष कुस्तीमा बिताएकी उनै फोगाट शुक्रबार कांग्रेस पार्टीमा प्रवेश गरेकी हुन् । पार्टी प्रवेश गरेर राजनीतिमा आउनका लागि फोगाटले भारतीय रेलवेको जागिरसम्म छोडेकी छन् ।

जागिर छोडेपछि सामाजिक सञ्जाल ‘एक्स’ मा उनले लेखकी छन्, ‘भारतीय रेलवेको सेवा मेरो जीवनको एक यादपूर्ण र गौरवपूर्ण समय रह्यो । जीवनको यो मोडमा मैले स्वयम्लाई रेलवे सेवादेखि अलग राख्ने निर्णय लिँदै आफ्नो राजीनामा भारतीय रेलवेसक्षम दिएकी छु ।’ राष्ट्रको सेवामा रेलवेले मलाई दिएको यस अवसरका लागि म भारतीय रेलवे परिवारप्रति सदैव आभारी रहनेछु ।’

हरियाणा विधानसभा चुनावमा कांग्रेसबाट उनलाई टिकट मिल्ने चर्चा छ । रेस्लर बजरंग पुनियाका साथ विनेश कांग्रेस मुख्यालय पुगेर पार्टीको सदस्यता लिने बताइएको छ ।

यसअघि बुधबारमात्र सामाजिक सञ्जालमा कांग्रेस नेता राहुल गान्धी र बजरंग पुनियासँग साथ विनेश फोगाटको भेटघाट भएको तस्बिर बाहिरिएको थियो ।

आगामी अक्टोबर ५ मा हरियाणा विधानसभा चुनाव हुँदै छ ।

विनेश फोगाट अरू कोही नभएर आमिर खान अभिनित फिल्म ‘दंगल’ वास्तविक पात्र महावीरसिंह फोगाटका भाइ राजपाल फोगाटकी छोरी हुन् । महावीरसिंह फोगाट अर्जुन अवार्ड विजेता बबिता फोगाट र गीता फोगाटका बुबा हुन् । फोगाट परिवारका अधिकांश रेस्लर रहेका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top