×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

गौहत्यामा समातिएकाहरूलाई के हुन सक्छ सजाय ?

२३ भाद्र २०८१

२३ भदौ, दमक ।

झापाको दमकमा केही दिनअगाडि गर्भिणी गाईको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलासहित चार जनालाई सार्वजनिक गरेको छ । भदौ १८ गते रातको समयमा दमक-१ स्थित पानीट्यांकी गोठमा बाँधी राखेको दुई महिनाको गर्भिणीसमेत रहेको गाईलाई खुल्ला चौरमा लगेर हत्या गरिएको थियो ।

Advertisement

मंगलबार राति दमक नगरपालिका-२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गोठबाट गाई चोरेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा विश्वकर्मामन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो ।

गाईगोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटेर मासु लगेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

गोठमा बाँधेको गाईलाई खाली प्लटिङ जग्गामा खुट्टा करङ तथा घाँटीको मासु काटेर लगिएको र शरीरको अन्य भाग मात्र घटना स्थलमा छाडिएको थियो । यस घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा दमक-२ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ मा बस्ने ४४ वर्षीय प्रेमबहादुर विष्ट, क्याम्प नं. ३ छाप्रो नम्बर A3-२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, क्याम्प नं. ३ छाप्रो नम्बर A2- १२० बस्ने ३२ वर्षीय विधान थापा र दमक-४ बस्ने ४५ वर्षीय गीता श्रेष्ठ रहेका छन् ।

श्रेष्ठबाहेक अन्य तीन जना युवाहरू भुटानी शरणार्थी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णबहादुर चन्दका अनुसार पक्राउ परेका विष्ट उपर यसअघि पनि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा कारबाही भएको छ ।

त्यस्तै दुलालउपर जबरजस्ती करणी र पशुपंक्षी सम्बन्धी कसुर कारबाही भएको थियो । अर्का भुटानी शरणार्थी थापाउपर विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाही भएको पाइएको छ ।

घटनामा प्रयोग भएको खुकुरी, बन्चरो र मासु बोक्न प्रयोग गरेको झोला समेत उनीहरूको कोठाबाट बरामद गरिएको डिएसपी चन्दले बताए । पक्राउ परेका व्यक्तिहरूउपर पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

के छ कानुनी व्यवस्था ?

Advertisement

राष्ट्रिय जनावर गाईको हत्या गर्नेलाई कानुनले तीन वर्षसम्म कैदको सजाय तोकेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा यससम्बन्धी व्यवस्था छ । कसैले गाई वा गोरु मारेको अदालतबाट ठहर भएमा उनीहरूलाई तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top