×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

पूर्वमुख्यमन्त्री नै अनशनमा,बाध्यता कि स्टण्ट ?

२५ भाद्र २०८१

२५ भदौ , विराटनगर।

सरकारबाट बाहिरिएको ४ महिनापनि पूरा नहुँदै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रदेश सरकारविरुद्ध नै अनशनमा बस्ने भएका छन् । आफू नेतृत्वको प्रदेश सरकारले घोषणा गरेका योजना र कार्यक्रमहरु कार्यान्वयन गर्नुपर्ने मागसहित कार्की आजदेखि आमरण अनशनमा बस्ने भएका हुन् ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि अनशन शुरु गर्ने भएका हुन् । आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की आमरण अनशन बस्ने भएका हुन् । उनले गत आइतबार संसदबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको ४८ घन्टे ध्यानाकर्षण पत्रको समय मंगलबार ४ बजेदेखि समाप्त हुने भएकाले घोषणाअनुसार आफू अनशन बस्न लागेको उनले बताए ।

उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका छन् । आफ्नो माग पूरा नभएसम्म प्राण त्याग्न पनि तयार रहेको, तर अनशनबाट पछि नहट्ने कार्कीको भनाइ छ । आफूले घोषणा गरेका कार्यक्रम जनमुखी भए पनि वर्तमान मुख्यमन्त्री कार्कीले नियतवश कटौती गरेको आरोप लगाउँदै उनले अनशन बस्ने चेतावनी दिँदै आएका थिए ।

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुमवासीलाई जग्गा खरिदमा अनुदान घोषणा, सगरमाथा दिवसलगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै आएका छन् ।

तर, कोशी सरकारले भने पूर्वमुख्यमन्त्री कार्कीले घोषणा गरेका कार्यक्रम कुनै पनि कटौती नभएको र सबैले निरन्तरता पाइरहेको जनाएको छ । ‘पूर्वसरकारले थालेका स्वास्थ्य कार्यक्रम कुनै पनि कटौती भएका छैनन्, बरु यो आर्थिक वर्षका लागि विनियोजन भएर सञ्चालन भइरहेका छन्,’ कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले विज्ञप्ति जारी गर्दै भनेका छन ।

भौतिक मन्त्रालयले केसलिया करिडोर कार्यक्रमका लागि स्रोत अपुग हुने भएकाले संघीय सरकारसँग माग गरिसकेको जनाएको छ । वन मन्त्रालयले जनावरमैत्री जंगल कार्यक्रमबारे कार्ययोजना निर्माण भइरहेको जनाएको छ । तर यता केदार कार्कीले भन्छन्– ‘मेरो माग पूरा गर्न मुख्यमन्त्री उदाशीन देखिनुभयो । त्यसका लागि अहिले पनि म छलफलमै छु । चार बजेपछि अनशन सुरु गर्छु।’

उनले १६ साउनमा पत्रकार सम्मेलन गर्दै आफूले घोषणा गरेका कार्यक्रम कटौती गरेमा सरकारविरुद्ध कडा संघर्ष थाल्ने चेतावनी दिएका थिए । १४ भदौमा कोशी प्रदेश सभा बैठकमा उनले आफूले घोषणा गरेका कार्यक्रमले निरन्तरता नपाए सार्वजनिक स्थानमा सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका थिए ।

‘म जनताको मतको ऋण तिर्न अनशन बसेर मृत्यु भोग्न पनि तयार छु, सरकारले कात्रो किनेर राखोस्,’ उनले भनेका थिए । कार्कीले आइतबार दिउँसो नै मुख्यमन्त्री हिक्मत कार्कीलाई ४८ घन्टे अल्टिमेटमसहित नौबुँदे स्मरणपत्र पठाएका छन् । कांग्रेस नेता समेत रहेका कार्कीले आफ्नै गठबन्धन सरकारविरुद्ध आमरण अनशन सुरु गर्दा उनको दल नेपाली कांग्रेस भने मौन रहेको छ । यद्यपि उनको अनशनसहितका कार्यक्रमप्रति काग्रेसभित्र दुई धार देखिएका छन् ।

एक पक्ष उनले जनताको आवाज उठाएको भन्दै त्यसलाई साथ दिनु पर्ने बताएका छन् भने अर्काे पक्षले यसले गठबन्धनमा समेत असर पर्ने भन्दै सरकारमा गएर समाधान गर्नुपर्ने बाटो हुँदा हुँदै अनशनमा बस्नु राजनीति स्टण्ट मात्रै भएको भन्दै आलोचना गर्दै आएका छन् । कोशीमा नयाँ गठबन्धन अनुशार कांग्रेससमेत सरकारमा जाने तयारीमा रहेपनि मन्त्रालयको भागबण्डा नटुंगिदा सरकार विस्तार समेत हुन् सकेको छैन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top