×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

१६ वर्षमा १८ लाखलाई उडाएर बिदा भयो बुद्धको एटीआर

२५ भाद्र २०८१

२५ भदौ , काठमाण्डौ ।

नेपालमा १६ वर्ष उडेपछि बुद्ध एयरको एक जहाजले व्यावसायिक उडानबाट सधैका लागि बिदा लिएको छ । एटीआर ४२ (नाइन एन एआईएन) जहाज मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइटपछि ‘ह्याङ्गर’मा पुगेको हो । नेपाली आकाशमा सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाटै व्यावसायिक उडान सुरु गरेको जहाजले मंगलबार बिहान पनि आफ्नो अन्तिम उडानका रूपमा ’माउन्टेन फ्लाइट’ गरेको थियो ।

Advertisement
Advertisement

बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित विदाई गरेका थिए । ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो । नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो ।

बुद्ध एयरका प्राविधिक निर्देशक मंगेश थापाले बुद्ध एयरले एटीआर ४२ (नाइन एन–एआईएन) विमान सन् २००८ सेप्टेम्बरमा नेपालमा ल्याएको बताए । उनले सन् १९९५मा बनेको विमान नेपालमा ल्याउनु भन्दा पहिला १३ वर्ष प्रयोग भइसकेको भए पनि नेपालमा ल्याएर १६ वर्ष सेवामा लगाईएको बताए । उनले नेपालमा एटीआर मर्मतको अनुभव थिएन तर यो विमानले सिकाएको उनले बताएका छन् ।

थापाले विमान दुई किसिमले विदाई हुने बताए । पहिलो विमान उत्पादकले दिएको साइकल र विमान सञ्चालकहरुले आर्थिक रुपमा संञ्चालन गर्न नसक्दा विमान विदाई हुने उनले बताएका छन् । बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्याण्ड गर्दै १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ । एक टेकअफ र ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ ।

एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेकोमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ । अब उडान अवधि सकेर ‘ह्याङ्गर’मा फर्किएको यो जहाज कहिल्यै पनि उडानमा फर्किने छैन् । बुद्धका प्राविधिक निर्देशक थापाका अनुशार यो जहाजका पार्टपुर्जाहरु झिकेर नागरिक उड्ड्यन प्राधिकरणको फायर फाइटर डिपार्टमेन्टमा दिइनेछ ।

त्यहाँ जहाज फायर फाइटर तथा रेस्क्यू तथा अन्य विभिन्न अध्ययन अनुसन्धानमा प्रयोग गर्नका लागि बुद्धका सामानहरु सदुपयोग हुनेछन् । यो एटीआर ४२ ट्विन टर्बोप्रप छोटो दूरीको क्षेत्रीय विमान हो । जुन फ्रान्स र इटालीको संयुक्त कम्पनी फ्रान्सेली एयरोस्पेस कम्पनी अहिलेको एयरबसले विकसित गरी निर्माण गरेको हो ।

यसको नाममा रहेको नम्बर “४२“ यात्रु बोक्ने कन्फिगरेसनमा विमानको मानक सिट कन्फिगरेसनबाट लिइएको हो । जसले सामान्यतया ४० देखि ५२ जना यात्रुहरूहरुको भार वहन गर्न सक्ने फ्लाइट टेराले उल्लेख गरेको छ । आजभन्दा २९ वर्ष अघि १९९५ अगष्टमा यसले पहिलो उडान भरेको थियो । बुद्ध एयरले खरिद गर्नुअघि एटीआर ४२ (नाइन एन एआईएन)ले फ्रान्सको आन्तरिक उडानका रुपमा एयर क्यालेडोनीबाट उडान भरेको थियो ।

 

गएको असारमा मात्रै निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औं एटीआर विमान भित्र्याएको थियो । नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२–५०० सिरिजको हो । यो एटीआर–७२ सिरिजको विमान संख्या बुद्धसँग १५ थान छन् । बुद्धले यो विमान फ्रान्सको टुलुसबाट ल्याइएको हो । बुद्धसँग ४७ सिट क्षमताका अझै २ थान एटीआर४२–३२० र १५ थान एटीआर ७२–५०० सिरिजका विमान छन् । बुद्धले आन्तरिकतर्फ दैनिक १५० भन्दा बढीको हाराहारीमा उडान गरिरहेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top